धनगढी। भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी मनाइनछ ।
आज महाशिबरात्रि पर्वको अबसरमा धनगढीको वडा नं ४ स्थित उत्तरबेहडीको शिब मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको भिडभाड लाग्ने गरेको छ ।
saurya 1













