धनगढी । बझाङमा एक विद्यार्थीले एसइई परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन् । केदारस्यूँ गाउँपालिका–१ की अन्दाजी १६–१७ बर्षकी आकांक्षा मल्लले हिजो एसइई परीक्षा बिग्रेको भन्दै आत्महत्या गरेको खुलेको छ ।
केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्ययनरत थिइन । हिजो मङ्गलवार अनिवार्य विज्ञान विषयको परीक्षा बिग्रेको भन्दै उनले यस्तो निर्णय लिएकी खुलेको छ ।













