दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका सिनियर अहेव दिनेशप्रसाद जोशीको निधन भएको छ । मालिकार्जुन–६ को उकु स्वास्थ्य चौकीमा कार्यरत जोशीको सोमबार उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
जोशी सोमबार बिहान ११ बजे स्वास्थ्य चौकीमै लडेर बेहोस भएका थिए । जोशीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी ल्याउने क्रममा मालिकार्जुनको पस्ती आधारभूत अस्पतालमा निधन भएको गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामीले जानकारी दिए ।
पस्ती पुग्दा जोशीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि पस्ती आधारभूत अस्पतालमा लगिएको र डाक्टरले मृत घोषणा गरेको जनाइएको छ । जोशीको निधनको शोकमा गाउँपालिकाले मङ्गलवार विदा दिएको छ ।













