• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

महाकालीमा बाँधनिर्माण नहुँदा बस्ती जोखिममा

  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित

कञ्चनपुर। महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध)को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ ।

गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) भत्काएको थियो । उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन । बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी बस्तीमै पस्ने जोखिम बढेको छ ।

महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको र गत भदौ महाकालीको बाढी गाइडबन्ड भत्काएर बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडाका बस्ती डुबानमा परेका थिए । बर्खा नजिकिएपछि महाकाली नदीको बाढी गाउँ पस्ने जोखिम रहेको भन्दै यहाँका स्थानीय त्रसित बनेका छन् । स्थानीय समयमै बाँध निमार्णका लागि पटक–पटक पुल योजना कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकषर्णपत्र बुझाएका छन् ।

“बर्खाको समय आइसक्यो अहिले पनि बाँध निर्माण गर्ने कुनै सुरसार छैन”, भीमदत्त–१२ का स्थानीय कृष्णसिंह देउवाले भने, “समयमा बाँध बनेन भने यहाँका पाँच बस्तीका करिब पाँच हजार मान्छे विस्थापित हुन्छन् ।” उनले बस्ती मात्रै नभई महाकाली पुल जोड्ने पहुँच मार्गसमेत बाढीको जोखिममा रहेको बताएन।

दोधारा चाँदनीलाई जोड्ने गरी निर्माण भएको चार लेनको पक्की पुलसँगैको बाँधको डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा निमार्णको काम ठप्प रहेको महाकाली पुल निर्माण कम्पनीले जनाएको छ । पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) निमार्णका लागि सुरुमा २५० किलोग्रामभन्दा बढी तौलका ढुङ्गाको प्रयोग गरेर पुलको दुवैतर्फका पोखरीको गाइडबन्ड बनाउने डिजाइन थियो ।

ठूलो ढुङ्गा नपाइएपछि ग्याबिन जाली र प्लम्ब कङ्क्रिटको प्रयोग गरी बाँध निर्माण गरिएको थियो । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डयेले गत भदौमा आएको बाढीले २६० मिटर बाँध बाढीले भत्काएको बताए । “बाढीले बाँध भत्काएपछि महाकाली पुल योजना कार्यालय र विभागबाट गाइडबन्डको डिजाइन संशोधन गर्नुपर्ने भन्दै डिजाइन संशोधनको प्रक्रिया अघि बढेको थियो”, उनले भने, “हालसम्म उक्त समयमा डिजाइन स्वीकृत नहुँदा हामीलाई काम गर्न कठिनाइ भएको हो ।” उनले स्वीकृत डिजाइन नआउँदासम्म काम गर्न नसकिने बताए ।

“हामीले काम छिटो सम्पन्न गर्नका लागि कार्यालयलाई पटक–पटक ताकेता गरेका छौँ”, पाण्डेयले भने, “बर्खा नजिकिएको छ, त्यस अगावै हामीले बाँध निर्माण गर्न सकेनौँ भने अहिलेसम्म निमार्ण भएका सबै संरचना जोखिममा छन् ।” महाकाली नदमिा निर्माण भएको ८०० मिटर पुलको दुवैतर्फ दुई हजार ७०० मिटर लम्बाइ र ६०० मिटर चौडाइका पोखरी निर्माणाधीन छन । पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायतको गरी ९५ प्रतिशत काम भइसकेको छ । अब २०० मिटर पहुँचमार्ग कालोपत्रसँगै गाइडबन्डको काम मात्रै बाँकी छ ।

महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका अनुसार गत कात्तिक २२ मा आयोजनाको म्याद सकिएको छ । पाँचौँ पटक थपिएको समयमा पनि काम सम्पन्न हुन नसकेपछि निर्माण कार्य ठप्प बनेको हो । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले अहिले म्याद थपका लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिए । “म्याद थप भएपछि मात्रै डिजाइन र भेरिएसनको काम हुन्छ अहिले म्याद थपको प्रक्रियामा छ,” उनले भने, “अहिले निमार्णको काम ठप्प छ ।” विसं २०७४ मा तीन वर्षभित्र निर्माण सक्ने गरी रु तीन अर्ब २७ करोडमा कुमार श्रेष्ठ सिएफइसी जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार ८०० मिटर लामो चार लेनको पुल, आठ किलोमिटर पहुँच मार्ग र पुलको वारिपारि चार पोखरी निर्माणको काम २० भदौ २०७७ मा सकिनुपर्ने थियो ।

पाँचपटक म्याद थप हुँदासमेत सबै संरचना निर्माण हुन सकेका छैनन् । छैटौँपटक म्याद थपको प्रक्रियामा छ । सम्झौता हुँदा पुल र पहुँचमार्गसहितका संरचना निर्माणको लागत रु तीन अर्ब २७ करोड थियो । पछिल्लो पटक डिजाइन परिवर्तन हुँदा लागत बढेर रु तीन अर्ब ७६ करोड पुगेको छ । रासस

मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चाडपर्व लक्षित चेकजाँचमा कडाइ 
कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु
दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
भन्सार छली ल्याइएका सामानसहित दुई जना पक्राउ
बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

समाचार

सबै

चाडपर्व लक्षित चेकजाँचमा कडाइ 

कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

चाडपर्व लक्षित चेकजाँचमा कडाइ 

कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.