काठमाडौं । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भुजेला बस्ने दान बहादुर ओलीको सोही ठाउँस्थित विजुलीको पोलबाट करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
रौतहट, ईशनाथ नगरपालिका-३ औरैया टोल बस्ने मेराजुल मियाको छोरा ७ वर्षीय आलम मियाको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित धारामा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













