अछाम — रामारोशन गाउँपालिका—६ भाटाकाटियामा बुधबार राति चट्याङ लागेर १३ भेडा मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार भाटाकाटियाको किर्किट्टेका लोकबहादुर साउदका १२ र सर्पबहादुर साउदको एक गरी १३ भेडाको मृत्यु भएको हो ।
लोकबहादुरका ९० र सर्पबहादुरका ८० भेडामध्येबाट ९ भेडा बेपत्ता भएको डीएसपी भण्डारीले बताए । भेडीगोठमा लगेको बेला चट्याङ परेको र बेपत्ता भएका भेडाको खोजी कार्य भइरहेको उनले बताए ।














