धनगढी । कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघबाट सभापतिका उम्मेदवार सन्तोष पन्तको अग्रता कायमै रहेको छ । सुरुवाती अग्रता लिएको पन्तले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । उनलाई अखिल क्रान्तिकारीका उम्मेदवार पवन सुनारले पछ्याइ रहेका छन् ।
१ हजार ७ सय ५४ मत गणना हुँदा नेविसंघका पन्तले ६९५ मत प्राप्त गरेका छन् भने अखिल क्रान्तिकारीका सुनारले ४७५ मत पाप्त गरेका छन् । त्यस्तै अनेरास्ववियुका यमराज जोशीले ३७२ मत, विद्यार्थी एकता समूहकी अम्विका चौधरी ८२ र अनेरास्ववियूका सुनिलराज जोशीले ६० मत प्राप्त गरेको जनाइएको छ ।














