• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

  •   शनिबार, चैत ३०, २०८१ मा प्रकाशित

दार्चुला । मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव बिस्तारै देखिने अवस्थामा रहेको छ । “शिक्षामा गरिएको लगानीको प्रतिफल थोरै ढिला देखिन्छ, काम गराइ र अपनत्वको हिसाबले गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक छ”, वडा नं ३ का खडकसिंह धामी भन्छन्, शिक्षामा भइरहेको राजनीतिकरण कमी गर्न सके धेरै परिवर्तन सम्भव छ ।”

बिसं २०७९ मा निर्वाचित भए लगत्तै जनप्रतिनिधिले विकास निर्माणका कार्य होस् या शिक्षामा विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापनको कार्य होस्, गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक रहेको उनको बुझाइ छ ।

“कम्तीमा राम्रो गरेको कामलाई प्रंशसा गर्न सिकौँ”, वडा नं ४ का बलदेव सिंह धामीले भने, “राम्रो कामलाई प्रशंसा र नराम्रो कामलाई खबरदारी गर्‍यौँ भने जनताका सपना पूरा गर्नतर्फ जनप्रतिनिधि अग्रसर हुने हो ।”

गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै लगानी गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक पदमराज पन्त बताउँछन् । उक्त विचार प्रतिनिधिमूलक विचार मालिकार्जुनको आयोजना र दार्चुला विकास संगठनले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा व्यक्त भएका हुन् । गाउँपालिकाको प्रथम र द्वितीय चौमासिक सार्वजनिक सुनुवाइको क्रममा स्थानीय अहिले पालिकाले गरिरहेको कामप्रति धेरै निराशावादी छैनन् । धेरै आशा गर्ने ठाउँ बाँकी रहेको भन्दै त्यसलाई सुधार गर्नेतर्फ भने स्थानीयले सुझाव दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक पन्तले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र कृषि पशु क्षेत्रमा गाउँपालिकाले अझै काम गर्न सक्ने अवस्था रहेको बताए । “शिक्षामा केही प्रयास भएका छन्, कृषि पशुमा कर्मचारी राख्ने काम भएका छन्, तर वडामा गएर हाजिरी लगाउने मात्र नभई बजेट दिएर कृषि पशु क्षेत्रको विकासमा लगानी बढाउन सुझाव छ”, उनले भने, “पशु र कृषि प्राविधिक पठाएर मात्रै भएन, बीउ विजन, औषधि, कृषि यान्त्रीकरणका कुरा बढाउनुपर्छ, किसानलाई धेरै चाहिएको छैन, थोरै बजेटमार्फत हुने काम गर्नतर्फ पालिका अग्रसर हुनुपर्‍यो ।”

पालिकाका अधिकांश वडा बस्तीमा अहिले पनि पम्पिङमार्फत गाउँमा खानेपानी पुर्‍याइएको छ । केही योजना निर्माणकै क्रममा छन् । जनताले पानीको महसुल र विद्युत्को महसुल दुवै तिर्नुपर्ने अवस्था रहेको छ । उनले भने, “विद्युत् र पानीमध्ये एउटा महसुल गाउँपालिकाले व्यहोर्ने गरी काम गर्‍यो भने जनतामा सरकारप्रति नैराश्यता पैदा हुन पाउँदैन, जहाँ पनि करको भार मात्रै थोपर्ने हो भने जनतामा निराशा पैदा हुन्छ, सानातिना समस्या समाधानतर्फ अगाडि बढ्नुपर्छ ।”

गाउँपालिकामा निर्वाचित भए लगत्तै पालिकाकै स्काभेटर प्रयोग गरी वडा सदरमुकाम जोड्ने गरी गाउँपालिकाले सडकको काम गरेको छ । अहिले वडा नम्बर २ को न्वालपानी बस्तीमा सडक पुगेको छ । झण्डै १२ किलोमिटर सडक पालिकाकै बजेटमा खनिएको छ ।

मालिकार्जुन-४ लाई गाउँपालिकाको चक्रपथ सडकमा जोड्नुपर्नेमा स्थानीय बलदेव धामीले जोड दिए । अरु वडाका बस्तीमा धमाधम काम भइरहेको छ । पालिका भवन निर्माणाधीन अवस्थामा छ । दश शैय्याको अस्पताल सञ्चालनमा आएको छ । वडाहरूमा नयाँ वडा कार्यालय भवन निर्माण भइरहेका छन् ।

जनप्रतिनिधिले देखेको सपना पूरा गर्न नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए । “वार्षिक कार्य योजना अनुरूप हामीले काम गर्दै आएका छौँ, खरिद ऐन नियमअनुसार काम गरिरहेका छौँ, अझै पालिकाको विकासका लागि जनप्रतिनिधि, राजनीतिक दल, आम जनसमुदायको सहभागितामा अभिवृद्धि गर्दै समन्वयात्मक ढंगले अघि बढ्न प्रतिबद्ध छौँ”, ठगुन्नाले भने ।

गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामी पालिकामा आउने उजुरी तथा गुनासामाथि छलफलकै माध्यमबाट समाधान हुँदै आएको बताउँछन्। गाउँपालिका अध्यक्ष हिरासिंह धामी आफ्नो नेतृत्वमा आएको टोली मालिकार्जुनबासीको समृद्धिको सपना पूरा गर्नतर्फ अग्रसर रहेको बताउँछन् । “धेरै ‘सिस्टम’मा समस्या थियो, बिस्तारै सुधार गर्दै जनतालाई रोजगारी सिर्जना हुने गरी काम थालनी गरेका छौँ ।” नागरिकमा निराशा पैदा हुन नदिने गरी गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत जनता खुसी बनाउने सपना कार्यान्वयन गर्दै आएका धामीको भनाइ छ ।

अस्तव्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्र बिस्तारै लयमा ल्याउने प्रयास भएका छन् । केही विद्यालय ‘डाउन साइज’ र केही समायोजन गरिएका छन् । उनका अनुसार त्रैमासिक रूपमा शिक्षकले तलब पाउँदै आएकामा देशमै पहिलो पटक गाउँपालिकाले ‘इएफटी’मार्फत मासिक रूपमा तलब भत्ता खातामा जाने व्यवस्था सञ्चालन गरेको छ । विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापन र शिक्षक अभाव भएको ठाउँमा पदपूर्ति गरेर अघि बढेको अध्यक्ष धामीले बताए।

“रोजगारी पालिकामै सिर्जना गर्न गारमेन्ट उद्योग सञ्चालनको तयारी गरिएको छ, किसानलाई कृषि यान्त्रिकरण सहयोग गर्दै आएका छौँ”, उनले भने, “रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने नीतिलाई प्राथमिकता साथ लिएका छौँ, पशु क्षेत्रका सम्भावना भएका ठाउँमा मुर्रा भैँसी वितरण गरिएको छ, पकेट क्षेत्र घोषणा गरिएका छन्, सोहीअनुसार लगानी हुँदैछ, किसानको उत्पादनलाई बजारसम्म ल्याउन संकलन केन्द्र निर्माण गरिँदै छ ।” अहिलेको सीमित स्रोतसाधनले गाउँवासीको सपना पूरा गर्नतर्फ निरन्तर प्रयास हुने धामीको भनाइ छ ।

दश शय्या अस्पतालमा मात्र नभई गाउँपालिकाले बस्ती स्तरसम्म शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा प्रवाह गरेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले रु ५७ करोड ९१ लाख ७४ हजार बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमार्फत पालिकाभरि ११८ योजना कार्यान्वयन भइरहेको छ । गाउँपालिकाले सामाजिक विकास क्षेत्रमा ३३, आर्थिक विकासको क्षेत्रमा सात, महिला लक्षित दुई तथा बालबालिका र दलित लक्षित एकरएक योजना कार्यान्वयन भइरहेका छन् ।

सामाजिक सुरक्षामा चार करोड बजेट भुक्तानी
गाउँपालिकाले दोस्रो चौमासिक अवधिसम्म रु। चार करोड बढी बजेट सामाजिक सुरक्षामा भुक्तानी गरेको छ । पालिकाभरिका एक हजार २५२ महिला तथा ८९९ पुरुष गरी कूल दुई हजार १५१ लाभग्राहीलाई कूल रु। चार करोड १४ लाख ४३ हजार ३५१ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाभरि सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक गैर दलित सङ्ख्या एक हजार ३२८, ज्येष्ठ नागरिक दलित १२९, पूर्ण अपांगता ६१, आंशिक अपांगता ७८, ज्येष्ठ नागरिक एकल महिला ८९, एकल महिला २४५, बाल संरक्षण अनुदान २१४ तथा लोपोन्मुख आदिवासी जनजाति सात जना रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए । चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रमका लागि कूल रु। सात करोड ९९ लाख ४० हजार बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा सात कार्यविधि निर्माण
गाउँपालिकाले चालू आर्थिक वर्षमा सात वटा कार्यविधि निर्माण गरेको छ । गाउँपालिकाले पहिलो र दोस्रो चौमासिक अवधिमा काम कारबाहीलाई सजिलो बनाउन कार्यविधि निर्माण गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाका अनुसार चालू आर्थिक वर्षमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०८१, आधारभूत अस्पताल सञ्चालन कार्यविधि २०८१, गाउँपालिकाको अनुगमन, सुपरीवेक्षण र फरफरकासम्बन्धी कार्यविधि २०८१, उपभोक्ता गठनसम्बन्धी कार्यविधि २०८१, विद्यालय दिवा खाजा भान्से व्यवस्थापन कार्यविधि २०८१, कर्मचारी कल्याण कोष नियमावली २०८१ तथा विद्यालय भान्सा कोठा निर्माण कार्यविधि २०८१ निर्माण गरिएको छ ।

यसअघि गाउँपालिकाले २४ ऐन, कार्यविधि, मापदण्ड र निर्देशिका ८९ तथा नियमावली छ वटा बनाएको गाउँपालिकाले जनाएको छ । रासस

शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.