धनगढी । सुदुरपश्चिमका केही पहाडी जिल्लामा असिना पानीले बालीनालीमा क्षती पुगाएको छ । आज दिउँसो परेको असिना पानीले गहुँ बाली सँगै फलफुल तरकारीमा समेत क्षती पुगाएको हो ।
असिना पानीले पाटन नगरपालिका– ८ र ९ मा अन्नबाली तथा तरकारी खेतीमा क्षति गरेको किसानहरूले बताएका छन।
सूर्नया गाउँपालिका–६ को मुसे, रौटेलगायत गाउँमा परेको असिना पानीले क्षति गरेको छ। किसानको पाक्न लागेको गहुँ बाली सखाप पारेपछि बर्खाको समय अब के खाने भन्दै किसानहरू चिन्तामा छन्।
असिना पानीले गहुँ बालीमा क्षती
असिना पानीले गहुँ बालीमा क्षती
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














