धनगढी । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको बेलौरी १० सडकघाट, बेलौरी ८ कलकत्ता र पुनर्वास९४ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ५७ हजार ८ सयका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
उक्त मूल्यको चिसो पेय पदार्थ, सरफ, प्याज, सुर्ति, बिडी, हरीयो खुर्सानि, लेडिज सुटसहित से ५ प ५३४५ नम्बबरको मोटर साईकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।













