धनगढी- थरुहट–थारुवान आन्दोलनका अगुवासमेत रहनुभएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आज अपरान्ह निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७४ को निर्वाचनमा उहाँ जेलबाटै सोही क्षेत्रबाट चुनाव लडेका थिए । टीकापुर घटनामा संलग्नताको आरोपमा पुर्पक्षका लागि जेल चलान गरिएका बेला जेलबाटै चुनाव लडेर उनले सम्मानजनक भोट प्राप्त गरे ।
यसैगरी, क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्तिबाट प्रदेश सभा सदस्यतर्फ (क) मा श्रीराम थारु र (ख) मा गोठुराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।














