धनगढी । कैलालीमा १ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । बुधबार कैलालीको भजनी नगरपालिका ९ गन्जहुवाको सरस्वती सामुदायिक बन भित्र लम्की ताल छेउ रुखको टोट्कामा लुकाई रहेको अबस्थामा प्रहरीले सो बन्दुक फेला पारेको हो ।
एक सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको र सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














