धनगढी । कैलालीको दुई नगरपालिकामा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान आज अन्तिम दिनमा पुगेको छ। स्वास्थ्य कार्यालय कैलालीले सार्वजनिक गरेको अन्तिम दिनको दैनिक प्रतिवेदनअनुसार जिल्लामा हालसम्म ५५ हजार ३९४ जनाले जेई खोप लगाएका छन्।
कैलालीमा ७३ हजार २२१ जनालाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा हालसम्म ७५.६५ प्रतिशत जनसंख्याले खोप लगाएका हुन्।
अभियानको अन्तिम दिन मात्रै ४ हजार ६७९ जनाले खोप लगाएका छन्। जसमा १ हजार ७५४ पुरुष र २ हजार ९२५ महिला रहेका छन्।
स्थानीय तहअनुसार घोडाघोडी नगरपालिकामा ८४.८९ प्रतिशत र लम्कीचुहा नगरपालिकामा ६७.८६ प्रतिशत खोप कभरेज भएको प्रतिवेदनमा उल्लेख छ।
अभियान अवधिभर जेई खोप लगाएपछि गम्भीर प्रतिकूल घटनाका कुनै पनि केस रिपोर्ट नभएको स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन सूर्यबहादुर बिष्टले जनाएको छ।
३० वर्ष उमेर पूरा भएका नागरिकलाई लक्षित गरी कैलालीमा जेई खोप अभियान सञ्चालन गरिएको थियो।
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















