• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

सरुवा भएको ठाउँमा गएनन् सचिव हमाल, बजेटमा चलखेल गर्न रमाना नबुझेको आरोप

  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल सरुवा भएको एक साताभन्दा बढी समयसम्म रमाना बुझेका छैनन् ।

संघीय मन्त्रिपरिषद् बैठकले गत ३१ भदौमा हमालको सरुवा राष्ट्रिय महिला आयोग काठमाडौँमा गरेको थियो । तर उनी अहिले पनि मन्त्रालयमै कार्यरत छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएको जानकारीसहितको पत्र यही २ असोजमा हमाललाई पठाएको छ । उक्त पत्रको बोधार्थमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालयलगायत निकाय उल्लेख छ ।

सरकारले सरुवा गरिसके पनि सचिव हमाल भने रमाना बुझेर सरुवा भएको कार्यालयमा गएका छैनन् । मन्त्रालयका एक कर्मचारीका अनुसार उनी बुधबार पनि मन्त्रालयमै थिए । बजेट शून्यतामा रहेको सुदूरपश्चिममा प्रदेश सरकारले अहिले चालु वर्षको बजेट निर्माण गरिरहेको छ । सरुवा भएका सचिव हमाल मन्त्रालयमा बजेट निर्माणमा सक्रिय छन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सचिव हमालले रमाना बुझ्न मानेका छैनन् । ‘सरुवा भएको सात/आठ दिनसम्म, त्यो पनि बजेट निर्माणका बेला सचिवज्यू रमाना बुझेर सरुवा भएको ठाउँमा नजानुले बजेटमा केही स्वार्थ छ भन्ने प्रश्न उठेको छ’ कार्यालयका एक अधिकारीले भने, ‘उहाँ आफ्नो सरुवा रोकेर आर्थिक मामिला मन्त्रालयमै बस्न खोजिरहनु भएको छ । त्यसैको चलखेलका लागि उहाँले रमाना लिनु भएको छैन ।’

तत्कालीन सरकारले प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि १ साउनबाट सुदूरपश्चिम बजेट शून्यतामा छ । उक्त बजेट सत्ता पक्षमै विवादित बनेको थियो । योजना छनोट सम्बन्धी सरकार आफैले बनाएको मापदण्डको व्यापक उल्लंघन गरेको उक्त बजेट निर्माणमा आर्थिक मन्त्रालयको सचिवको हैसियतले हमाल पनि संलग्न थिए । त्यसबेला बजेट निर्माणमा उनको भूमिका विवादास्पद बनेको थियो ।

विषयगत मन्त्रालयको बजेट आर्थिक मामिला मन्त्रालयले छेडखानी गरेको र सरकारको नीति तथा कार्यक्रमभन्दा फरक बजेट आएको आरोप सत्तापक्षका सांसदले नै लगाएका थिए । पहुँचवाला र स्वार्थ समूह अनुकुल बजेट बनाउन तत्कालीन मन्त्री र सचिवको भूमिका रहेको आरोप लागेको थियो ।

उक्त बजेटका केही विवादास्पद विषय मिलाउन पनि सचिव हमाल मन्त्रालयमै बस्न खोजेको बताइएको छ । बजेट निर्माणमा चलखेल गर्नकै लागि उनी सरुवा भएको ठाउँ जान आनकानी गरिरहेको आरोप लागेको छ । ‘सकेसम्म सरुवा रोक्ने र नभए नियमानुसार रमाना पत्र बुझिसक्नु पर्ने अन्तिम मितिसम्म मन्त्रालयमा रहेर बजेट निर्माणमा संलग्न रहने मनसाय देखिन्छ’ स्रोतले भन्यो, ‘अघिल्लो बजेट निर्माणमा हावी भएको स्वार्थ समूह त्यो बजेटका विवादित विषय मिलाउन पनि सचिवलाई यहीँ रोक्ने प्रयत्नमा छ ।’ सरकारले यही १५ असोजभित्र बजेट ल्याउने गरी तयारी गरिरहेको छ ।

स्रोतका अनुसार सरकारको राजनीतिक र प्रशासनिक तहमा पनि हमाललाई यहीँ रोक्ने दवाव परेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता जगदीस जोशीले भने सचिव हमालको सरुवा भएको आधिकारीक जानकारी प्राप्त भइनसकेको बताएका छन् । सरुवा भएको ठाउँमा नगएकोबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा सचिव हमालले फोन उठाएनन् ।

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आवश्यकताअनुसार बिदा दिन विद्यालयलाई धनगढी उपमहानगरको आग्रह
नेपाली कांग्रेसको धनगढी नगर अधिवेशनमा मतदान सुरु
भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश
‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’
धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा
सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

समाचार

सबै

आवश्यकताअनुसार बिदा दिन विद्यालयलाई धनगढी उपमहानगरको आग्रह

नेपाली कांग्रेसको धनगढी नगर अधिवेशनमा मतदान सुरु

भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

सरुवा भएको ठाउँमा गएनन् सचिव हमाल, बजेटमा चलखेल गर्न रमाना नबुझेको आरोप

आवश्यकताअनुसार बिदा दिन विद्यालयलाई धनगढी उपमहानगरको आग्रह

नेपाली कांग्रेसको धनगढी नगर अधिवेशनमा मतदान सुरु

भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

सरुवा भएको ठाउँमा गएनन् सचिव हमाल, बजेटमा चलखेल गर्न रमाना नबुझेको आरोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.