काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न परमादेश दिएको छ ।
बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
दाहाललाई प्रहरीले गत असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । दाहालको पक्राउ गैरकानुनी रहेको भन्दै उनको छोरीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।















