डाक्टर आकाश राउत विगत १ वर्षदेखि कैलाली अस्पतालमा कार्यरत छन् । उनी सो अस्पतालमा कन्सल्टेन्ट फिजिसियनको रुपमा कार्यरत छन् । उनीसँग योभन्दा अगाडि चितवन मेडिकल कलेजमा सुगर,थाइराइड र हर्मोन सम्बन्धी विभागमा काम गरेको अनुभव छ । थाइराइड के हो ? यसको उपचार के हुन्छ भन्ने बिषयमा उनीसँग गरिएको कुराकानीमा आधारित थाइराइडसम्बन्धी जानकारी ।
थाइराइड भनेको के हो ?
थाइराइड भनेको भन्दाखेरी हाम्रो घाँटीभन्दा ठ्याक्क अगाडि एउटा ग्रन्थी हुन्छ त्यसले हर्मोन बनाउँछ, त्यो हर्मोनको नाम थाइराइड हर्मोन हुन्छ । त्यो हर्मोन हाम्रो शरीरलाई काम गर्न,दैनिक कृयाकलाप,शरीको मेन्टेनेन्सका लागि,डेभलपमेन्टका लागि चाहिन्छ ।
सबै मान्छेमा थाइराइड ग्रन्थीले प्रयाप्त मात्रामा थाइराइड हर्मोन बनाइरहेकै हुन्छ । कसै कसै मान्छेन्मा त्यो ग्रन्थीले बढी हर्मोन बनाइदिने कसैमा कम हर्मोन बनाइदिने हुन्छ । कम हर्मोन बनाउन थाल्या भने हाइपोथाइरोइडिज्म हुन्छ, बढी बनाउन थाल्यो भने हाइपरथाइरोइडिज्म हुन्छ । अरु पनि थाइराइड ग्रन्थीसम्बन्धी रोगहरु प्नि हुन्छ । तर,खासमा हाइपो र हाइपर थाइरोइडिज्म नै हो ।
हाइपोथाइरोइडिज्म
हाइपोथाइरोइडिज्ममा के हुन्छ भने मान्छेको ग्रन्थीले हर्मोन चाहिनेभन्दा कम बनाउन थाल्छ । कुनै बेला अलिकति मात्रै कम,कुनैबेला ५० प्रतिशत कम,कुनै बेला १० प्रतिशतमात्रै कम बनाएको हुन्छ । हामीस्लाई चाहिने जति हर्मोन जब थाइराइड ग्रन्थीले बनाउन सक्दैन त्यसलाई चाहिँ हाइपो थाइरोइडिज्म भन्छ ।
हाइपोथाइरोइडिज्म भएका बिरामीमा महिलाहरुमा धेरैजसो महिनावारीको समस्या हुने,मोटाउँदै जाने,खुट्टा सुन्निने,थकान लाग्ने कब्जियतको समस्या हुने,डिप्रेशन जस्तो पनि लक्ष्यण हुन्छ ।
थाइराइड ग्रन्थीमा जलन भयो, अटोइम्यून थाइरोइडाइटिस भयो अर्थात थाइराइडको अप्रेशन गरेर निकालेको छ भने त्यस्तो मान्छेमा पर्याप्त मात्रामा थाइराइड हर्मोनको उत्पादन नहुन सक्छ ।
त्यसका लागि थाइराइड हर्मोन जति अपुग छ बाहिरबाट दिने हो । कति अपुग त्यो जाँच गरेर थाहा हुन्छ । कसैमा पूरै अपुग हुन्छ,त्यस्तालाई हाइ डोज दिनुपर्ने हुन्छ । कसैमा थोरै मात्रै अपुग हुन्छ उहाँहरुलाई साढे बाह्र,२५ मात्रै दिएपनि पुग्छ ।
कसैमा पछि गएर पनि अपुग भएको हर्मोन थाइराइड ग्रन्थीले बनाउन थाल्छ । त्यस्तो अवस्थामा कसैको थारै डोज मात्रै चाहिनेलाई पछि गएर बन्द गर्नुपर्ने अवस्था पनि हुन्छ । जसलाई हाइडोज चाहिराखेको हुन्छ,खाइराख्नु भएको हुन्छ उहाँहरुलाई साधारतया जीवनभरी खाइराख्नुपर्छ । जीवनभर खानुपर्छ भनेर डराउनु पर्दैन,यो हर्मोन जीवनभर खान मिल्छ । यसमा चाहिँ नियमित औषधी खाए पुग्छ,खाने कुरा धेरै बार्नु पर्दैन । बेलाबेलामा जाँच गराइ राख्नु पर्छ । कसैले रिपोर्ट नर्मल आयो खाने कि नखाने भन्नुहुन्छ । थाइराइडको केसमा जुन औषधी खाँदा रिर्पोट नर्मल आउँछ त्यो औषधी खाइराख्नु पर्छ । त्यो औषधी खाएर नर्मल आएको हो । छोड्ने बित्तिकै फेरि बिग्रिन्छ । त्यसैले जति डोज खाँदा रिर्पोट नर्मल आउँछ त्यो औषधी खाइराख्नुपर्छ ।
हाइपरथाइरोइडिज्म
हाइपरथाइरोइडिज्ममा ग्रन्थीले चाहिनेभन्दा बढी हर्मोन उत्पादन गर्छ । बढी हर्मोन बनाउनु पनि शरीरलाई हानिकारक हुन्छ । त्यसमा मुटु ढुकढुक हुने मान्छे दुब्लाउँदै जाने हुन्छ,आँखा निस्किने,महिलामा महिनावारीको समस्या हुन्छ ।
हाइपरथाइरोइडिज्म कसरी पत्ता लाग्छ भने रिपोर्ट हेर्दा रगतमा थाइराइड हर्मोन बढी हुन्छन् । त्यो रगतमा बढी हर्मोन आयो भन्दैमा हाइपरथाइरोइडिज्म हो,उपचारै गर्नुपर्छ भन्ने हुँदैन कहिले काहिँ थाइराइडेक्टिस मात्रै हुन सक्छ । त्यस्तो भयो भने त्यसलाई धेरै खासै उपचार गर्नु पर्दैन् आफै ठीक भएर जान्छ ।
धेरै आएको छ भने त्यसको उपचार गर्नुपर्छ । त्यसमा एन्टिथाइरक्स औषधी चलाउनु पर्छ । हाइपरथाइरोइडिज्मको भिन्नै खालको औषधी हो । यसको साइडइफेक्ट धेरै हुन्छ । खाली पेटमै खानुपर्छ भन्ने हुँदैन । यो औषधी एकदेखि दुई वर्षसम्म नियमित ग¥यो कोही कोही मान्छे ठिक भएर जाने हुन्छ । यो औषधीले गर्दा कसैकसैलाई लिभरमा समस्या हुने,ज्वरो आउने,जन्डिस हुने हुन्छ । त्यस्तो भयो भने थाइराइडको अप्रेशन गर्नुपर्ने तिरै जानुपर्ने हुन्छ ।














