काठमाडौं- महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने जनाइएको छ । तराईका भू–भागमा हुस्सु तथा कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।













