काठमाडौँ – भारतबाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूलय घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ ।
आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ । सो नयाँ मूल्यअनुसार निगम र आईओसीबीच कारोबार हुन्छ ।














