• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलालीका सामुदायिक वनमा देखिन थाले बाघ

  •   शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

धनगढी- कैलाली जिल्लास्थित सामुदायिक वनमा पाटे बाघ देखिन थालेका छन् । जिल्लाको धनगढी, भजनी, हसुलियालगायत क्षेत्र आसपासका सामुदायिक वनमा बाघ देखिन थालेका हुन् । यसैबीच केही दिनयता भजनी क्षेत्रमा रेडियो कलर जडान भएको पाटे बाघ देखा परिरहेको छ । भजनी नगरपालिका–५ स्थित कालिका सामुदायिक वनसहित आसपासका क्षेत्रमा पाटे बाघ देखा परिरहेको हो ।

मानव बस्ती क्षेत्र नजिक बाघ आएपछि सुरक्षा सतर्कता बढाइनुका साथै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ । डिभिजन वन कार्यालयले बाघको निगरानी गर्ने कार्य पनि गरिरहेको छ । विगत १५/२० दिनयता सो क्षेत्रमा बाघको ओहोरदोहोर भइरहेकाले कुनै किसिमको मानवीय क्षति हुन नदिनका लागि सतर्क पारिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

उनले भने, ‘हामीले बाघको निगरानी पनि गरिरहेका छौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा तीन वटा स्वचालित क्यामेरा राखेर बाघको निगरानी गर्ने कार्य भइरहेको छ ।’

बाघ देखा परिरहेको क्षेत्रमा तीनतिर मानव बस्ती छ । अहिले खेतमा रहेको उखु काटिएपछि त्यो बाघ भजनी नगरपालिका–५ स्थित नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको कालिका सामुदायिक वनमा बस्न थालेको जनाइएको छ । गुलरियाघाटको सशस्त्र प्रहरीको बेस क्याम्प नजिक माछा पोखरी किनारमा सुतेको अवस्थामा बाघ देखिएको थियो । यसैगरी, ‘क्यामेरा ट्रयाप’ गर्दा त्यसमा पनि बाघ परेको छ ।

फोटोमा देखिएको रेडियो कलर जडित बाघ सम्भवतः पोथी रहेको प्रमुख रिजालले बताए । उनका अनुसार बाघ बस्ती नजिक आए पनि सम्भवतः नरभक्षी होइन । तर, सावधान रहन आवश्यक छ । बाघले सामुदायिक वनमा एउटा निल गाई र गाई मारेर खाएको जनाइएको छ ।

त्यसको गर्दनमा रेडियो कलर देखिएकाले डार्ट गरेर (लट्ठयाएर) फेरि छोडिएको बाघ हो । बाघ बूढो, बिरामी भएर सिकार गर्न नसकेपछि वा आफ्नो क्षेत्रबाट लखेटिएपछि मानव बस्ती क्षेत्रतिर आउने गरेको बताइन्छ ।

बसन्ता करिडोरको भजनी क्षेत्रमा विगतमासमेत बाघ आए पनि तिनको फोटो भने सङ्कलन हुन सकेको थिएन । गत, पुस–माघमासमेत बसन्ता, रामपुर, हसुलिया क्षेत्रमा रेडियो कलर जडित बाघ देखा परेको थियो । बाघहरू डमरु हुर्काउनका लागि बसन्तासहित भजनी क्षेत्रमा आउने गरे पनि पहिलो पटक क्यामेरा ट्रयापमा पारिएको सामुदायिक वन समन्वय समिति भजनीका भूतपूर्व अध्यक्ष एवम् संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन् ।

‘संरक्षण क्षेत्रबाहिर बाघ आउँछन् भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भएको छ’, उनले भने,‘बसन्ता कोरिडोरमा प्रायः बाघको ओहोरदोहोर भइरहन्छ ।’ बाघको ‘मुभमेन्ट’ बस्तीको अलि नजिक भइरहेकाले सबैलाई सावधान रहन वन कार्यालयले आग्रह गरेको छ । उद्धार गरेर बाघ राख्नका लागि नेपालमा अब खाली ठाउँ छैन । त्यसैले जहाँबाट आएको हो, त्यहिँ नै फर्कन दिने रिजालले बताए ।

‘कुनै मानवीय क्याजुअल्टी नहोस् भनेर सावधानी बढाएका छौँ’, उनले थपे, ‘बाघ जहाँबाट आएको हो, पछि त्यतै फर्किन्छ । तर, यहाँ बस्दासम्म सबै होसियार रहनु पर्दछ ।’

हप्ता दिन अगाडि मात्रै कञ्चनपुरमा बाघले महिलाको ज्यान लिएको थियो । सो क्षेत्रमा एक महिनाको अवधिमा मान्छेमाथि शृङ्खलाबद्ध रूपमा आक्रमण भई तीन जनाको ज्यान गएपछि बाघलाई नियन्त्रणमा लिएर काठमाण्डौं चिरियाखाना पुर्याइएको छ ।

अब नेपालमा बाघ राख्नका लागि कतै पनि ठाउँ नरहेकाले यो बाघलाई उसको पुरानै स्थानतिर जान दिने रिजालको भनाइ छ । उनका अनुसार सो बाघ सम्भवतः भारतको दुधुवा नेशनल पार्कबाट आएको हो । तर, त्यसको लोकेसन ट्र्याकभन्दा बाहिर छ । रातोपाटीबाट

 

 

  • बाघ
शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.