• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

प्रधानमन्त्री रोजगार कार्यक्रम पाँच करोड अनियमितता

  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित

बैतडी- प्रधानमन्त्री रोजगार कार्यक्रमको पाँच करोड रुपियाँ अनियमितता भएको पाइएको छ । सुर्नया गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाटो निर्माण र सडक मर्मतको नाममा उपभोक्ता समिति गठन गरेर रकम निकास गरेको पाइएको हो ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले सुर्नया गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा बेरोजगार श्रमिक छनोट नगरी सिधै उपभोक्ताको खातामा पाँच करोड ८४ लाख ७६ हजार रुपियाँ निकासा गरिएको तथ्य खुलाउँदै यस घटनाको छानबिन गरी यसमा संलग्न दोषीलाई कारबाहीको सिफारिस गरेको छ । सो प्रतिवेदनमा भनिएको छ, “सुर्नया गाउँपालिकाको २२ हजार ४५२ मध्ये २३ प्रतिशत जनसङ्ख्या बेरोजगार हुन् भन्दै श्रमिकलाई रकम नदिएर १०२ वटा योजनाको नाममा उपभोक्ता समिति गठन गरी रकम निकासा गरिएको पाइयो ।”

“यस गाउँपालिकाको वडा नम्बर ७ र ८ मा पहिले नै गठन भएको उपभोक्ता समितिको खातामा रकम निकासा गरिएको देखिएको छ । वडा नम्बर ५ मा सञ्चालित सडक मर्मत र बाटो निर्माणको योजना सम्पन्न नगरी उपभोक्ताको खातामा रकम निकासा गरिएकाले यस्ता योजना कति छन् रु पालिकाले पहिचान गरी कारबाही गर्नुपर्ने देखिन्छ, सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।”

रकम अनियमितताको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले आफू केही महिनाअघि मात्रै हाजिर भएकाले हिजोका दिनमा आर्थिक अनियमितता हुने गरेको स्वीकार गर्नुभयो । उनले भने, “विगतदेखि नै प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकको बैङ्क खाता खोलेको देखिएन । जतिले आवेदन दिए, त्यति जना बराबरको रकम उपभोक्ता समितिको खातामा निकासा गरेको पाइएको छ । यो पटक त्यसो हुन नदिन मैले श्रमिकको बैङ्क खाता खोल्दा जनप्रतिनिधिले अवरोध गरेका छन् ।”

अघिल्लो कार्यकालका जनप्रतिनिधिले प्रधानमन्त्री रोजगार कार्यक्रम जे जसरी सञ्चालन गरे पनि अब त्यसो हुन नदिन गाउँपालिकाका अध्यक्ष अम्मर कुँवरले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुने श्रमिकको अनिवार्य बैङ्क खाता खोल्न लगाएर काम अनुसार ज्याला भुक्तानी गरिने उहाँले बताउनुभयो । उक्त प्रतिवेदनले प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारका नाममासमेत नियमविपरीत पालिकाले ४० लाख १९ हजार ७०८ रुपियाँ खर्च गरेको जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, “कोभिड–१९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई १० हजार राहत दिने कार्यविधि भए पनि सबै वडाका ६८२ जनालाई पाँच हजार ८९४ रुपियाँका दरले रकम वितरण गरिएको पाइयो । यस्तो वितरण प्रणालीले वास्तविक लाभग्राही छनोट भएरनभएको र एकै परिवारमा हस्तान्तरण गरिएको रकम दोहोरो भएरनभएको यकिन नभएकाले कार्यविधिविपरीत खर्च भएको रकम नियमसँगत मान्न सकिएन ।” महालेखा परीक्षकको कार्यालयले स्थानीय तहको आव २०७८/८९ को वार्षिक प्रतिवेदन २०७९ सार्वजनिक गर्दै बैतडीका १० वटा स्थानीय तहको बेरुजु अद्यावधिक गर्दा करिब डेड अर्ब रुपियाँ बेरुजु देखाएको छ ।

स्थानीय तहको सरकार घर नजिकको सरकारभन्दा पनि भ्रष्टाचारको अखडा बन्दै गएको बैतडीका नागरिक अगुवा डा। केदारचन्द्र भट्टले बताए । विकाससम्बन्धी स्पष्ट कानुन छैन । स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत कुरामा ध्यान दिनुपर्नेमा सडक आयोजना निर्माण गर्न कार्यकर्ताको उपभोक्ता समिति गठन गरी माटो खन्नेबाहेकका काम गर्न सकेका छैनन्,” उनले भने। यस्तै अवस्था रहने हो भने सुदूरपश्चिमका ८८ वटा स्थानीय तहका नाममा एकै दिन मुद्दा हाल्नुपर्ने अवस्था आएको भनाइ उनको छ । जनप्रतिनिधिले जे गर्दा पनि हुन्छ भन्ने भ्रमका कारण यस्तो समस्या आएको नागरिक समाजका सचिव प्रकाश चन्दले बताए ।

स्थानीय तहलाई भ्रष्टाचारको अखडा बनाउन आफूखुसी बजेट बाँडफाँट गर्ने, उपभोक्ता समिति गठन गरी रकम दुरुपयोग हुने समस्या नियन्त्रणका लागि स्थानीय नागरिकले खबरदारी, निगरानी र नियमन गर्नुपर्ने देखिन्छ । स्थानीय तह नागरिकको नजिकको सरकार भने पनि भ्रष्टाचारका कारण बदनामी बन्दै गएको भनाइ स्थानीय अधिकारकर्मीको छ । स्थानीय तहमा हुने भ्रष्टाचार रोक्ने बलियो संयन्त्र नहुँदा वडा कार्यालयदेखि पालिका केन्द्रहरू भ्रष्टाचारका अखडा बन्दै गएको उनले बताए  । गोरखापत्रबाट

  • प्रधानमन्त्री रोजगार
आइतबार, जेठ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.