• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

  •   आइतबार, जेठ २१, २०८० मा प्रकाशित

भजनी- कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन्। कृषिबाटै जनजीविका चलाउँदै आएका उनको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ।

गाउँको भलमन्सा समेत रहेका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो गाउँलेको हुन्थ्यो। सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुनथालेपछि कुनै बेला उनी खेती गर्न छोड्ने मनस्थितिमा पुरेका छन्। रामकुमार नगरपालिकाले सामुदायिक छाडा चौपाया व्यवस्थापनमा सफल भएपछि महतो जस्ता कैयौँ किसानलाई राहत भएको छ।

“केही वर्षदेखि सामुदायिक चौपायाका कारण रातदिन खेतमै बास बस्नुपर्ने बाध्यता थियो। यसवर्ष आनन्दले गहुँ खेती भित्र्याउन पाइयो”, उनी भन्छन्, “अरु काम कस्ता भए त्यो थाहा छैन। नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनमा देखाएको सक्रियताले सयौँ किसानलाई राहत भएको छ।” आउँदो आर्थिक वर्षमा पनि सामुदायिक चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गर्न उनले आग्रह गरेका छन्।

भलमन्सा तथा कृषक देशराम चौधरीले पनि नगरपालिकाको खुलेरै प्रशंसा गरेका छन्। उनले चौपाया व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुँदा वर्षौंपछि किसानले पूरा बाली भित्र्याउन पाएको बताए। “सडक आसपासका क्षेत्रमा लगाएको अन्न बाली भित्र्याउने आशा निकै कम हुन्थ्यो। चौपायाले आधाभन्दा बढी बाली नष्ट गरिसकेको हुन्थ्यो”, उनी भन्छन्, “अहिले त्यो भएन। सडक तथा खेतमा देखिने चौपाया देखिन छाडेका छन्। रातदिन खेतमै बस्नुपर्ने किसानको बाध्यता अन्त्य भएको छ।”

भजनी नगरपालिका–६ का सुखराम डङ्गौराले चार बिघा क्षेत्रफलमा चैते धान लगाए। चौपायाका डरले आधा खेतमा मात्रै गहुँ लगाएका उहाँलाई यतिबेला निकै पछुतो भएको छ। उनले चौपायाको डरले सबै खेतमा खेती गर्न सकेनन्। “हिउँदे खेती चौपायाका डरले लगाउन सकिएन।

अहिले चैते धान राम्रो भएको छ। चौपाया व्यवस्थापन हुँदा आनन्द भएको छ”, उनले भने, “चौपाया व्यवस्थापनमा नगरपालिकालाई धन्यवाद दिनै पर्छ। यसभन्दा पहिलेको सरकारले नसकेको काम अहिलेको सरकारले गर्न सक्यो।” उनले गाउँघरमा सामुदायिक चौपाया देखिन छोडेको बताएका छन्।

यसरी त अहिले चौपायाको जोखिम सबै पालिकामा कम भएको छ। स्थानीय सरकारले व्यवस्थापनमा देखाएको तदारुकताले चौपायाको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन्। स्थानीयले चौपाया छाडा छोडेका कारण पनि चौपाया देखिन छोडेका हुन। टीकापुर नगरपालिकाका कृषक धनबहादुर मगर तरकारी खेती गर्दै आएका छन्।

व्यावसायिक तरकारी खेती गर्दै आएका उनलाई केही वर्ष चौपायाले राम्रोसँग सतायो। व्यवसाय नै बन्द गर्ने मनस्थितिमा पुगेका उनी अहिले व्यवसाय बढाउने सोचमा पुगेका थिए। “दर्जनौँ चौपाया एउटै हुलमा आउने। जतिबेला आफू छैन त्यहीँ मौका छोपेर आउने चौपायाले दिनसम्म दुःख दियो। यतिसम्म कि खेती गर्न नै छोडौँकी भन्नेमा पुगाएको थियो”, उनले भने, “अहिले आशा जागेको छ। हिउँदे तरकारी राम्रो भयो। अहिले पनि चौपाया देखिएका छैनन्। अब कम हुन्छ भन्ने आशा जागेको छ।”

जानकी गाउँपालिकाका सुरेन्द्र चौधरी पनि चौपायाको समस्या कम हुँदै गएको जनाउँदै किसानलाई ठूलो राहत भएको बताउँछन्। उनले खेतमा त्रिपाल हालेर चौपायाको हेरालु राख्नुपर्ने स्थिति यस वर्ष नआएको बताए। “हामीले स्थानीय सरकारसँग अनुदान र अन्य सहयोगभन्दा पनि चौपाया व्यवस्थापनका लागि पटकपटक आग्रह गर्दै आएका थियौँ।

त्यो आग्रह अहिले आएर स्थानीय सरकारले सुनेको छ”, उनले भने, “अब त्यो अवस्था आउँदैन भन्नेमा किसान ढुक्क छन् तर स्थानीय सरकारले जुन व्यवस्थापन गरेका चौपायाको निगरानी यसैगरी गर्न सकेपछि किसानलाई राहत यहीँ हुनेछ।” रासस

  • छाडा चौपाया
आइतबार, जेठ २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.