धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम भोलि (जेठ २४ गते) प्रस्तुत हुने भएको छ ।
आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशको नीति तथा कार्यक्रम २४ गते प्रस्तुत हुने जानकारी गराएका हुन् ।
सामान्यतया बजेट ल्याउनभन्दा १५ दिन अघि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । तर, प्रदेश सरकारले विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम ल्याउनमा ढिलाइ गरेको जनाइएको छ ।
नीति तथा कार्यक्रम भोलि अपरान्ह ४ बजे प्रस्तुत हुने भएकाले सम्पूर्ण सांसदहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ ।














