धनगढी- सुदूरपश्चिमका बालसुधार गहृमा तीन सय ६६ जना बालबालिकाहरु रहेको जनाएको छ । शुक्रबार कानुनी अन्बेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले गरेको कार्यक्रममा यस्तो जानकारी दिएको हो । संरक्षणका लागि सत्यतथ्य परियोजना आवासीय बालगृहरुको कार्य ढाँचा र विद्यामान बालसंरक्षण तथा मानव बेचबिखन सम्बन्धित कानुनमा रहेका अन्तरको पहिचान नामक अध्ययन प्रतिवेदन सार्वजनिकरण तथा छलफल कार्यक्रममा देशभरका १२ वटा बाल सुधार गृहको अवस्था नाजुक रहेको जनाएको छ ।
देशभरका ४५ जिल्लामा ४८९ बालगृह सञ्चालनमा रहेको छन् । ‘देशभर बालसुधार गृहमा ११ हजार ३ सय ५० जना बालबालिका रहेको छन्’ वरिष्ठ अनुसन्धानकर्ता कपिल अर्यालले भने । ‘अहिले त्यो संख्या घटेर १० हजार ९ हजार ५० मात्र पुगेको छ ।’ उनले देशभरका १२ जिल्लाका दुई सय १४ बालसुधार गृहका अनुगमन गरेको अनुसन्धानका आधारमा १२ वटा नाजुक, सय वटा सन्तोषजक, एक सय दुई वटा सुधारगृह राम्रो नरहेको जानकारी दिए ।
सुदूरपश्चिमका तीन जिल्लामा १५ वटा बालसुधार गृह रहेको सेलर्डले जनाएको छ । सुदूरपश्चिममा ती बाल सुधार गृहमा एक सय ९४ संरक्षित बालक र एक सय ७२ वटा संरक्षित बालिका रहेका छन् । अनुगमनका क्रममा धेरै जस्तो बालसुधार गृहले कानुन बमोजिम नै सञ्चालन हुन नसेको सेलर्डले जनाएको छ ।















