• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

सुदूरपश्चिमको नीति तथा कार्यक्रमा प्रतिपक्षको आलोचना, सत्तापक्ष बचाउमा

  •   शनिबार, जेठ २७, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सत्तापक्ष बचाउमा लागेको छ भने प्रतिपक्षले आलोचना गरिरहेको छ । शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा दीर्घकालीन योजनाहरू समेट्न नसकिएको बताए । उनले नीति तथा कार्यक्रममा सोंच परिवर्तन हुन नसकेको र संकुचन रहेको बताए । उनले भने, ‘अहिले मुख्यमन्त्री जताको भयो त्यतैको विकास हुने देखिन्छ । फराकिलो हृदयका साथ नीति तथा कार्यक्रम बन्नुपर्ने थियो । त्यो भएन । बजेट समावेशी बनोस् ।’

उनले नीति तथा कार्यक्रम चुनावी नारा जस्तै बनेको बताए । ‘नीति तथा कार्यक्रमले प्रदेशवासीले स्वागतयोग्य गर्ने खालका हुनुपर्छ । खानेपानीको व्यवस्था गर्छु, विद्युत पुर्‍याउँछु लगायतका कुरा उल्लेख गरेर हुँदैन । यो चुनावी नारा हो । यस्ता हुनुहुँदैन । प्रदेशका प्रमुख समस्यालाई समाधान गर्नेगरी ल्याउनुपर्थ्यो । त्यो देखिएन् ।’

उनले सरकारलाई व्यक्तिमुखी र आत्ममुखी नबन्न सुझाव दिए । उनले चुरे जस्तो संवेदनशील क्षेत्रलाई संरक्षण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘बुँदा नम्बर ५८ मा सामुदायिक वन हस्तान्तरण कार्यलाई व्यवस्थित गर्न तराई, चुरे र महाभारत क्षेत्रमा थप नयाँ सामुदायिक वन हस्तान्तरण सकिने व्यवस्था उल्लेख छ । संघीय सरकारले नै चुरे संरक्षणका लागि काम गरिरहेको छ । तर, प्रदेश सरकारले चुरे जस्तो संवेदनशील क्षेत्रमा संरक्षण गर्नतर्फ ध्यान दिएन ।’ उनले सरकारको बजेट बालुवामा पानी हालेको जस्तै नीति तथा कार्यक्रम आएको बताए ।

प्रतिपक्षी नेता तारा जोशीले अनावश्यक खर्चमा रोक लगाउने गरी नीति तथा कार्यक्रम बन्नुपर्ने बताए । उनले भने, ‘अहिले चिडियाखाना आवश्यक हो जस्तो लाग्दैन र यसले प्रदेश सरकारलाई उपलब्धि देला भन्ने पनि देखिँदैन । अनावश्यक खर्चमा रोक लगाउनुको सट्टा सरकार आफैँ त्यो बाटोमा हिँडिरहेको छ ।’ उनले नीति तथा कार्यक्रमको दस्तावेज चार वर्ष अगाडि ल्याइएको जस्तै रहेको बताउँदै, ‘नीति तथा कार्यक्रम हिजोको निरन्तरता भयो । सारमा परिवर्तन छैन । यसले के परिणाम दिन्छ । कर्मकाण्ड जस्तै भयो । त्यही बाटो हिँडेर कसरी गन्तव्यमा पुगिन्छ ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टले सरकारले स्वास्थ्य र शिक्षामा प्राथमिकता भने पनि ठोस योजना दिन नसकेको बताइन् । उनले एकल महिलाका छोराछोरीलाई पनि विद्यालयमा छात्रवृत्तिको व्यवस्था गरिनुपर्ने माग अघि बढाइन् । उनले भनिन्, ‘दलित, असहाय, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित, सिमान्तकृत लगायतका बालबालिकालाई विद्यालयमा छात्रवृत्तिको व्यवस्था गर्ने नीति लिइएको छ ।

एकल महिलाले पाएको भत्ताबाट आफ्ना छोराछोरी पढाउनुपर्ने अवस्था छ । उनीहरुलाई पनि छात्रवृत्तिको व्यवस्था गर्नतर्फ सरकारको ध्यान जाओस् ।’ उनले गोदावरी क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले सरकारले त्यसको विकासका लागि बजेटको व्यवस्थापन गर्नुपर्ने बताइन् ।

सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले प्राविधिक र व्यवहारिक शिक्षामा सरकारले जोड दिनुपर्ने बताए । उनले अहिले पनि ग्रामिण र शहरबीचको खाडल कायम रहेको बताए । उनले भने, ‘शिक्षा गुणस्तरीय मात्र होइन अब प्राविधिक र व्यवहारिक शिक्षा हुनुपर्छ । प्रदेशमा सांस्कृतिक पहिचानसहितको विश्वविद्यालय आवश्यक छ ।’ उनले नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउँदै, ‘यसलाई कागजमै सीमित राख्नुभन्दा कार्यान्वयन जाने गरी बजेट ल्याउनुपर्छ ।’

यस्तै सत्ता पक्षकै नेकपा एकीककृत समाजवादी पार्टीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आफनो अधिकार क्षेत्रलाई पहिचान गरी कार्यक्रम बनाउनुपर्ने बताए । उनले भने, ‘प्रदेश सरकारको अधिकार क्षेत्रका काममा बढी ध्यान दिएर बजेट निर्माण गरौं । स्थानीय तहसँग मिलेर अघि बढ्नुपर्छ ।’

सत्ता पक्षकै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले नीति तथा कार्यक्रम उपयुक्त रहेको बताए । उनले भने, ‘नीति तथा कार्यक्रमले सबै क्षेत्र समेटेको छ । तर पनि सुदूरपश्चिम प्रदेशका केही गौरवका योजना थप्नुपर्ने थियो । त्यो भएन । बजेट ल्याउँदा समेटिन्छ भन्ने आशा लिएको छु ।’ उनले एक जिल्ला एक उद्योगभन्दा एक निर्वाचन क्षेत्र एक उद्योग निर्माण गर्ने गरी कार्यक्रम बनाउन सुझाव दिए ।

सत्ता पक्ष नेपाली कांग्रेसका नेता मेखराज खडकाले नीति तथा कार्यक्रमले थुप्रै क्षेत्रलाई समेटिएको भन्दै सरकारको बचाउ गरे । उनले प्रश्न गरे, ‘नीति तथा कार्यक्रममा राम्रा पक्ष थुप्रै छन् । सभामुखको बायाँपट्टी बसेपछि सबै कुरा खराव देख्ने दिनको अन्त्य कहिले होला रु’

उनले वर्षा मौसम सुरु भइरहेकाले सरकारले बाढी, पहिरो तथा डुवानतर्फ ध्यान दिनुपर्ने सुझाव दिँदै भने, ‘मेरो निर्वाचन क्षेत्रमा रहेको बैजनाथ धाम मन्दिर पहिरोको जोखिममा रहेको छ । त्यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ ।’

सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको बताउँदै अर्को छलफल जेठ २८ गते बिहान ८ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे ।

 

  • नीति तथा कार्यक्रमा
शनिबार, जेठ २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.