धनगढी- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बझाङको संयोजकमा पुष्कर दौल्याल चयन भएका छन् । अनेरास्ववियु जिल्ला कमिटिको बैठकले दौल्याललाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
निवर्तमान अध्यक्ष दिल बहादुर खातीले दौल्याललाई जिम्मेवारी हस्तान्तरण गरे। जिम्मेवारी हस्तान्तरण गर्दै खातीले आफ्नो कार्यकालभर सहयोग गर्नुहुने अग्रज विद्यार्थी नेता, पार्टीका नेता, लगायत सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक आभार व्यक्त गर्दै संयोजक चयन हुने दौल्याललाई बधाई ज्ञापन गरेका छन् ।
निवर्तमान अध्यक्ष खातीले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्जको जिममेवारी पाएपछि दौल्याललाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो ।













