डोटी- डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पुर्विचौकी गाउँपालिका–४ सानागाउँ निवासी अन्दाजी ३८ वर्षका तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
आइतबार दिउँसो सेती पुल नजिक नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूपसिंह थापाले जानकारी दिए । डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयको सहयोगमा खोजिकार्य पछि शव फेला परेको छ ।















