• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान होइन, विश्वविद्यालय नै बन्छ : परराष्ट्रमन्त्री साउद

  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित

काठमाडौँ- सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो।

परराष्ट्रमन्त्री एनपी साउदले गेटामा प्रतिष्ठान नभएर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए। गृहजिल्ला कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसका नेताहरुसँग सोमबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका हुन्।

‘प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेताहरु मन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो,’ साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले भने, ‘मन्त्रीज्यू प्रतिष्ठान नभएर मेडिकल युनिभर्सिटी नै बन्छ, यसमा सरकार प्रतिवद्ध छ भन्नुभयो।’

क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वमा गएको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि स्मरण गराए।

‘क्याविनेटबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसदमा पठाउने निर्णय भइसकेको छ,’ जोशीले मन्त्री साउदको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै क्याविनेटले विश्वविद्यालय बनाउने निर्णय गरेको हो।’

भेटमा सहभागी पूर्व क्षेत्रीय सभापति दलबहादुर बोहराले पनि मन्त्री साउदले गेटामा प्रष्ठिान नभइ विश्वविद्यालय नै बनाउन सरकार प्रतिवद्ध रहेको जवाफ दिएको बताए। ‘गेटामा विश्वविद्यालय स्थापना गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको समाचार पढेका थियौँ। पछि प्रतिष्ठान बनाउने भन्ने कुरा आयो,’ उनले भने, ‘यसबारे मन्त्रीज्यूसँग छलफल भयो। उहाँले प्रतिष्ठान होइन, विश्वविद्यालय नै बन्ने कुरा गर्नुभयो। यसमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो।’

गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट गेटमै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबारे स्थानीयलाई जानकारी दिएका थिए।

गेटामा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक निर्णय गरिसकेको उनको भनाइ थियो। मन्त्रीहरु, मुख्यसचिवसहित सहभागी रहेको प्रधानमन्त्रीको टोलीले फागुन १ गते गेटा मेडिकल कलेजका लागि निर्माण भएका भौतिक पूर्वाधारहरुको अवलोकन तथा निरीक्षण गरेको थियो।

‘हिजो कै क्याबिनेट बैठकबाट शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सैद्धान्तिक निर्णय भएको छ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘अब मेडिकल कलेज चलाउने काम पनि तीब्र गतिमा अगाडि जान्छ र विश्वविद्यालय स्थापना प्रक्रिया पनि अघि बढिसकेको छ। अब मेडिकल कलेज मात्रै होइन, देशकै निम्ति गौरबको राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय यहाँ गेटामै बन्दैछ।’

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्वविद्यालय बनाउने उल्लेख गरिए पनि तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यका क्रममा एक सय शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट विनियोजन गरिएको बताएपछि सुदूरपश्चिमका बासिन्दा आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आइतबार सुदूरपश्चिम बन्दको आयोजना गरिसकेका छन्।

यसैबीच अर्थमन्त्री महतले बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा सुदूपश्चिमका बासिन्दामा देखिएको अन्यौलताबारे सरकारी धारणा प्रष्ट्याउने तयारी गरेका छन्।

‘क्याविनेटले निर्णय गरिसकेको र नीति तथा कार्यक्रममा विश्वविद्यालय बनाउने भनेर आएको विषय बजेटमा प्रतिष्ठान गठन गर्ने ढंगले आयो,’ नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिमबाट विजयी एक प्रतिनिधिसभा सदस्यले भने, ‘गेटामा प्रतिष्ठान नभइ विश्वविद्यालय हो भनेर आज (सोमबार) अर्थमनत्रीज्यूले सम्बोधन गर्नुहुन्छ।’

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका अनुसार सोमबार दिउँसो १ बजे संसद बैठक बस्दै छ। बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले दिने कार्यसूची रहेको छ।

  • गेटामा स्वास्थ्य विज्ञान
सोमबार, जेठ २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.