• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

मूल नै सुक्ने अन्धविश्वासले दिइएन स्वास्थ्य चौकीलाई पानी

  •   मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित

बैतडी- मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ। आकाशेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो। मंगलबारको गोरखापत्रमा समाचार छ, पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लाबड स्वास्थ्य चौकीमै डेरा गरी बसेका छन्। दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लाबडले बताए।

स्वास्थ्य चौकीको छेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिसै घण्टा पानी आउँछ। स्थानीय बस्तीका मानिसले स्थानीय धामकुडी मन्दिरलाई पानी दिए पनि स्वास्थ्य चौकीलाई पानी नदिएको पञ्चेश्वर स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए।

स्वास्थ्य चौकी भएर जाने खानेपानीको पाइपबाट तीन महिनामा एक रात मात्रै पानी भर्न दिए प्रसूति सेवाका लागि निर्माण गरिएको ३० हजार लिटरको ट्याङ्की भरिने उनले बताए। तर स्वास्थ्य चौकीलाई पानी दिए मुहान सुक्ने डरले स्थानीय पानी दिन तयार नभएको उनको भनाइ छ। स्वास्थ्य चौकी इन्चार्ज दलित, अनमी पनि दलित र त्यसमाथि सुत्केरीले पानी प्रयोग गर्ने भएका कारण घुमाउरो ढंगले विभेद गरिएको उनको भनाइ छ।

चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि जेठ २८ गतेसम्म पञ्चेश्वर स्वास्थ्य चौकीमा ६६ जना महिला सुत्केरी भएका छन्। सुत्केरी महिलाका लागि संकलन गरिएको आकासेपानी सकिएपछि आइतबारदेखि सेवा बन्द भएको स्वास्थ्य चौकीले सूचना जारी गरेको छ।

पञ्चेश्वर गाउँपालिका–१, बाट जिल्ला अस्पताल बैतडी पुग्न एक दिन लाग्छ। अन्धविश्वासका कारण स्थानीयले स्वास्थ्य चौकीलाई पानी दिन नमानेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। स्वास्थ्य चौकीलाई पानी उपलब्ध गराउन गत वर्षदेखि पहल चाले पनि जनप्रतिनिधिले कुनै सुनुवाइ नगरेको उनले बताए।

स्वास्थ्य चौकीमा डेरा गरेर बस्ने स्वास्थ्यकर्मीले समेत खानेपानीको संकट बेहोर्नुपरेको छ। जर्किन बोकेर बिहान ४ बजे पानी भर्न जानुपर्ने बाध्यता रहेको अनमी कोकिला भट्टले बताइन्। २०५२ सालदेखि सुत्केरी सेवा नियमित दिँदै आएको स्वास्थ्य चौकीको सेवा बन्द हुने अवस्थाका विषयमा जनप्रतिनिधिलाई अग्रिम जानकारी गराइएको भए पनि कुनै पहल नगरेको स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए।

स्वास्थ्य चौकीले आइतबारदेखि प्रसूति सेवा बन्द भएको घोषणा गरेपछि पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले ट्याङ्करमा पानी ल्याएर भए पनि प्रसूति सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने बताए।

प्रसूति सेवा बन्द भएको सूचना जारी गरेपछि गाउँपालिकाबाट ट्याङ्करमा पानी भरेर प्रसूति सेवा चलाउन भने पनि पञ्चेश्वरमा सहजै खानेपानीका ट्याङ्कर नभेटिएको स्वास्थ्य चौकी इन्चार्ज सार्कीले जानकारी दिए।

  • मूल नै सुक्ने
मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.