काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहलाई लिखित स्पष्टीकरण सोधेको छ ।काठमाडौं महानगरपालिका–९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सिङ तार काटेपछि प्रमुख साहलाई स्पष्टीकरण सोधिएको हो । साहलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन प्राधिकरणले विज्ञप्तिमार्फत भनेको छ ।
प्राधिकरणले यस कार्यमा महानगरप्रमुख साहको प्रत्यक्ष संलग्नता देखिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ ९१० बमोजिम सजाय किन नगर्ने हो रु भनेर पत्र प्राप्त भएको सात दिनभित्र लिखित स्पष्टीकरण माग गरेको हो ।बिहीबार नगर प्रहरी उपरीक्षक राजु पाण्डेले कुनै जानकारीबिना अन्य नगर प्रहरीलाई तार काट्न लगाएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका उपप्रबन्धक प्रकाश चन्द्र शर्माले महानगरअन्तर्गत वडा नं. ९ स्थित नक्सा सिट नं. १०२–११४७–१५, कि.नं. ३० को जग्गा प्राधिकरणले तारवार लगाई विमानस्थल क्षेत्रमा राखेको अवस्थामा महानगरले कुनै जानकारी नदिइ सो क्षेत्रको तारवार काट्न लगाएको जानकारी दिए ।
उपप्रबन्धक शर्माद्वारा जारी विज्ञप्तिमा महानगरले जेठ ३२ गते फेन्सिङ तारवार काट्न लगाइएको अवस्थामा प्राधिकरणका कर्मचरीले यस्तो कार्य नगर्न अनुरोध गर्दा पनि अटेर गरी जबरजस्ती कानुन विपरीत सो कार्य गरिएको उल्लेख छ ।














