• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

घर फर्किने दिन आइसक्यो, यार्चा पलाएन

  •   शनिबार, असार ०२, २०८० मा प्रकाशित

बझाङ- मौसम अघिल्ला वर्षहरुजस्तै भैदिएको भए, सुर्मा गाउँपालिका ३ का चक्र बोहराको परिवार यतिबेला यार्चा टिपेर घर फर्किसकेको हुने थियो । हरेक वर्ष वैशाखको मध्यतिर श्रीमती र चार छोराछोरीसहित दुई दिनको बाटोमा पर्ने चाल्नापाखा लेक पुग्नु, अढाई महिना पालमा बसेर सात–आठ सय किरा (यार्चा) टिपेपछि जेठ अन्तिमतिर घर फर्किनु र असार लगाउनु (असारमा खेतीपातीको काम गर्नु) उनको नियमित तालिकाजस्तै थियो ।

यसपालि भने सधैं पहिलाको जस्तो भएन । प्रायजसो जेठ २५ गतेसम्म यार्चा टिपेर फर्किने उनको परिवार बिहीबार जेठ ३२ गते कुम्लाकुटुरा बोकेर घरबाट चाल्नापाखातर्फ लागेको छ । महिनादिनभन्दा बढी पाटनमा बस्दा पनि हिउँ नपग्लिएपछि जेठ तेस्रो साता केही दिनका लागि घर आएका उनीहरू हिउँ पग्लिने र यार्चा पाइने आशामा फेरि पाटन उक्लिएका हुन् ।

‘पहिला त यस्तो कहिल्यै हुन्थेन । यो पाला के भयो, के भयो ? हिउँ परेको पर्‍यै छ । किरा खोज्ने ठाउँ सबै हिउँले ढाकेको छ,’ चक्रकी छोरी अन्जना बोहराले भनिन्, ‘असार लागेपछि त हिउँ पग्लेला कि भन्ने आशाले जान लागेका छौं । हिउँ पग्लेन भने फेरि रित्तै हात फर्किनुपर्ने पो हो कि ?’

सुर्माकै गणेश बोहराको परिवार वैशाख १४ गतेदेखि लेकमै छ । गाउँमै सबैभन्दा बढी यार्चा संकलन गर्नेमा गनिएका उनको परिवारले अघिल्ला वर्षहरूमा जस्तै भएमा यो अवधिमा एक किलो बढी नै टिपेर घर फर्किसकेका हुने थिए । तर अहिले त्यसो भएन । हिउँ पग्लेला र किरा टिपौँला भनेर बसेका उनीहरूको रासन खानमात्रै डेढ लाखभन्दा बढी खर्च भइसकेको छ ।

‘डेढ महिना भइसक्यो । खाली रासन सिध्याउने काममात्रै भएको छ,’ उनले भने, ‘नौ जनाको परिवारले ८०/९० किरा पनि टिप्न पाएका छैनौं । सबैतिर हिउँ छ । किरा बाहिरै आउन पाएको छैन ।’ उनले आफू रहेको सुर्माको ठाडे पाटन क्षेत्रमा मात्रै चार सयभन्दा बढी मानिसहरू डेढ–दुई महिनादेखि पाल रुँगेर बसिरहेको बताए ।

चक्र र गणेशको परिवारजस्तै यार्चाको खोजीमा हिमाली पाटनहरूमा पुगेका बझाङका सयौं परिवार कोही हिउँ पग्लेपछि यार्चा टिप्ने आशामा पाटन कुरेर बसिरहेका छन् भने कोही घर फर्किने बेलामा लेकतिर उक्लिरहेका छन् । हिमपातका कारण यार्चा संकलन गर्ने नियमित समय पर सरेपछि यसको प्रत्यक्ष असर खेतीपातीमा पनि पर्ने संकलकहरू बताउँछन् ।

‘असारमा खेती लाउने बेला भइसक्यो । घर जाउँ भने रित्तै हात कसरी जाउँ ? रासन खाएको पैसा तिर्न पनि कमाइ भएको छैन,’ साइपालको औंलागाडमा यार्चा खोज्न गएका तलकोट गाउँपालिकाका प्रकाश जेठाराले भने, ‘नजाउँ भने बर्खाको खेती पनि बाँझै हुने भयो । यो पाला साह्रै समस्या भयो ।’ उनले कतिपय संकलकहरू लगेको रासन सकिएपछि रित्तै हात फर्किन थालेको पनि बताए । कान्तिपुरबाट

  • यार्चा पलाएन
शनिबार, असार ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.