• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

एन्टिबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिम तर्फ लम्कदै

  •   आइतबार, असार ०३, २०८० मा प्रकाशित

धनगढी- कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपाल महामारीको जोखिम तर्फ लम्किरहेको एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिस कार्यक्रमको सहयोगमा धनगढीमा आइतबार भएको कार्यक्रममा सहभागीहरुले विश्वव्यापी रुपमा बढ्दै गएको एन्टिमाइक्रोबिएल रेसिस्टेन्सको असर नेपालमा पनि देखिएको बताए ।

सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.जगदीशचन्द्र जोशीले नेपाल एन्टिबायोटिक रेसिस्टेन्सको चपेटामा परेको बताए । उनले यसलाई न्यूनिकरण गर्न सबै क्षेत्र एक भएर लाग्नु पर्ने बताए । एक स्वास्थ्य नीति अवलम्बन गरेर अगाडी बढ्न जरुरी भएको उनको तर्क छ । जति मानिसमा समस्या छ उती नै समस्या कृषि र पशुमा पनि भएको निर्देशक डा जोशीको भनाइ छ ।

अबको युग एन्टिबायोटिक रेसिस्टेन्स अर्थात एन्टिबायोटिकले काम नगर्ने भएको छ उनले भने । एक स्वास्थ्य अवधारणा अनुसार तीन क्षेत्रको सहकार्यमा मात्रै एन्टिबायोटिक रेसिस्टेन्सको न्युनिकरण गर्न सम्भव हुने डा.जोशीको भनाइ छ ।

युएसएआइडी एमट्याप्स परियोजनाका सिसियर टेक्निकल एड्भाइजर तथा भाइरोलोजिष्ट डा.सन्तोष दुलालले सन् २०१९ को एक अध्ययन अनुसार विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार भएको बताए । उनले भनेका छन्, एच।आइ।भी ÷ एड्स र मलेरियाबाट भन्दा बढी एएमआर र सो सँग सम्बन्धित रोगका कारण मानिसहरको मृत्यु भइरहेको स्पष्ट पारे ।

एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् । विश्व अर्थतन्त्रमा १०० खरब अमेरिकी डलरको भार पर्ने छ , उनले भने । एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग, मनलाग्दी रुपमा भएको खरिद, कृर्षी, पशु लगायत विभिन्न क्षेत्रमा अनावश्यक प्रयोग हुदा एन्टिबायोटिकले काम गर्न छाडेको हो । काम गरेका औषधिकहरुपनि निकै महंगा र गरिब जनताको पहुँचमा नभएको सहभागीले बताएका छन् ।

विश्वका प्रमुख १० विश्वव्यापी जनस्वास्थ्य खतराहरू मध्ये एक एन्टिबायोटिक हो । विश्व स्वास्थ्य संगठनले पनि यो विषय उल्लेख गरेको छ ।
हाल विश्वका गरिब देशहरूमा एन्टिबायोटिकले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ । अधिकारीहरू भन्छन् विस्तारै एन्टिबायोटिक औषधिको काम गर्ने क्षमता शून्यमा पुग्दै गएको र उक्त समयमा देशले ठूलो क्षति ब्यहोर्नु पर्ने अवस्था आएको छ । एन्टिबायोटिकको विकास भएको धेरै वर्ष भइसकेको छ । सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक अन्तिम पटक बनेको थियो । ३५ वर्ष यता कुनै नयाँ एन्टिबायोटिक बनेको छैन ।

यसले सन् २०५० सम्म वार्षिक ३।८ ५ कुल ग्राहस्थ उत्पादनमा असर गर्ने देखिएको छ । नेपालमा नेशनल एक्सन प्लान – एएमआर २०२१ – २०२६ लागू हुन नसक्दा पनि समस्या देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याप एएमआर स्वीकृतका लागि मन्त्रिपषरिषद पठाएको छ ।

एएमआर रोक्न नीति निमार्णमा के गर्ने
डा.दुलालका अनुसार एएमआर नियन्त्रणमा एकताबद्ध भएर लाग्न केही नीति निमार्ण गर्नुपर्ने आवश्यकता देखिएको छ । उनका अनुसार नेशनल एक्सन प्लान–एएमआर २०२१–२०२६ लागु गर्ने, एएमआर संक्रमणको निगरानी व्यवस्थामा सुधार गर्ने, नीति, कार्यक्रमको सुधार गरि संक्रमण रोकथाम र नियन्त्रण कार्यन्वयनलाई बलियो बनाउने, औषधिको उत्पादन, उचित प्रयोग र विसर्जनलाई नियमन गर्ने र शुद्ध खानेपानी र स्वच्छ सरसफाइमा पहुँच बढाउन आवश्यक नीति तर्जुमा गर्नुपर्ने छ । डा सन्तोष दुलालले बताए अनुसार विश्वभर खपत हुने मध्ये एक तिहाई एन्टिबायोटिक पशुमा प्रयोग हुनेगरेको छ । अझ गाई भैसीको दुधमा यसको व्यापक असर देखिएको उनले बताए ।

युएसएआइडी एमट्याप्सका एएमआर क्लिनीकल कन्सल्टेन्ट डा विवेका श्रेष्ठले शरीरको बनावट भिन्न भएका कारण पुरूष र महिलामा फरक फरक तवरले एन्टिबायोटिक औषधिले काम गर्ने बताईन् । उनका अनुसार एन्टिबायोटिक गर्भावस्थामा सबैभन्दा बढी दिइने औषधि हो । डा श्रेष्ठले पेटभित्रको बच्चालाई जोखिम हुने भएकाले गर्भावस्थामा एन्टिबायोटिकको प्रयोग अन्यको तुलनामा सीमित हुने स्पष्ट पारिन् । विकासोन्मुख देशहरूमा गर्भवतीआमाको अप्रेशन गर्नु अगाडी र पछाडी एन्टिबायोटिक प्रयोग गरिने हुँदा एएमआरको जोखिम बढीहुने उनको दाबी छ ।

डा श्रेष्ठका अनुसार विश्वव्यापी रुपमा ७० प्रतिशत महिला स्वास्थ्यकर्मी अग्रपङ्तिमा काम गर्छन जसले उनीहरुमा एएमआरको जोखिम धेरै हुन्छ । अधिकारीहरुले बताए अनुसार जहाँ लैङ्गिक हिंसा छ त्यहाँ यौन रोग र एएमआर सङ्क्रमणको जोखिम उच्च हुन्छ ।

पुरुषमा एएमआरको जोखिम पनि उस्तै देखिएको छ । डा श्रेष्ठका अनुसार पुरुषहरु चिकित्सकको सल्लाह बिना आफैँ औषधी किनेर खाने गर्छन् । विभिन्न अध्ययन अनुसार उनिहरु औषधीको पुरा डोज खाँदैनन् । कतिपय अवस्थामा पुरुषहरु गम्भीर बिरामी नभए समन स्वास्थ्य सेवा लिन जरुरी समेत ठान्दैनन् । यता मद्यपान र धूम्रपानले पुरूषमा एएमआरको जोखिम बढाउँने डा श्रेष्ठ बताउँछीन् ।

युएसएआइडी एमट्याप्सका एएमआर मिडिया कन्सल्टेन्ट पत्रकार अर्जुन अधिकारीले एएमआरमा खोज पत्रकारीता गर्न आवश्यक भएको बताए । एन्टिबायोटिकले काम नगरेर मृत्युको शैय्यामा पुगेका देखि औषधिले काम गर्ने क्षमतामा गिरावट आएका धेरै घटनाहरु भएपनि त्यसको समाचार मिडियाले उल्लखे नगरेको भन्दै शत्तिशाली ब्याक्टेरियाका विरुद्धमा एक भएर कलम चलाउँन आवश्यक भएको बताए । उनले केही बिरामीको एन्टिबायोटिक रेसिस्टेन्स भएर सघन उपचार कक्षमा भर्ना भएका प्रतिनिधि मुलक पात्रको चर्चा गरेका थिए ।

बजारमा प्रसस्ती घटना भए पनि समाचार नबनेकोमा दुखी हुदै कम्तिमा १५ दिनमा एक दिन एएमआरलाई समय लिन अनुरोध गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालबाट प्रतिनिधिका रुपमा जनस्वास्थ्य अधिकृत सुस्मिता न्यौपाने सहित ५७ जना पत्रकारको सहभागीता रहेको थियो ।

 

  • एन्टिबायोटिक
आइतबार, असार ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.