धनगढी- सुदूरपश्चिम प्रदेश खो–खो संघको अध्यक्षमा कृष्णबहादुर बोहरा सर्वसम्मत चयन भएका छन् । धनगढीमा शनिवार भएको प्रथम अधिवेशनबाट बोहराको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । संघको उपाध्यक्षमा लक्ष्मण बोहरा, सचिवमा नागराज नाथ, कोषाध्यक्षमा पुजा शाह चयन भएकी छिन् ।
यस्तै सदस्यमा सुरेन्द्र ऐर, पार्वती खडका, राजेन्द्र बोहरा, शिवराज भण्डारी र टेकबहादुर साउद चयन भएका छन् । प्रथम अधिवेशनको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले समुद्घाटन गरेका थिए ।













