धनगढी- नेपाल विद्यार्थी संघ कैलालीले धनगढीको शिवपुरी धाममा वृक्षारोपण गरेको छ। आज ४१ औँ विपी स्मृति दिवसको अवसरमा संघले शिवपुरी धाममा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो।
शिवपुरी धाममा एक सय भन्दा बढी बिरुवा रोपिएको नेपाल विद्यार्थी संघका कैलाली जिल्ला सभापति मनिश कुँवरले बताए। उनले शिवपुरीमा रोपिएका बिरुवाको संरक्षण गर्न सहज हुने भएका उक्त स्थानमा वृक्षारोपण गरिएको बताएका छन्।
‘शिवपुरी धाममा काम गर्न कर्मचारी हुनुहुन्छ उहाँहरूले पनि संरक्षण गरिदिनु हुन्छ, व्यवस्थापन समितिले पनि बिरुवाको हेरचाह राम्रो गर्छ त्यही भएर शिवपुरीमा कार्यक्रम गरेका हौ।’ उनले भने
वृक्षारोपण कार्यक्रममा प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त, नेपाली कांग्रेस कैलालीका सभापति, जिल्ला सचिव, धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।













