धनगढी- सुदूरपश्चिम प्रदेशमा लम्पी स्किन रोगबाट १३ हजार ७ सय ८३ पशु मरेका छन् । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट हालसम्म प्रदेशका नौ वटै जिल्लामा सो संख्याका पशुहरु मरेका हुन् ।
प्रदेशभरी लम्पी स्किनबाट ५ हजार ५ सय ९५ गाई, ४ हजार ७ सय ८६ गोरु, ३ हजार ३ सय ४ बाच्छा÷बाच्छी र ९८ वटा भँैसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटीका सूचना अधिकारी पुष्करराज नाथले जानकारी दिए ।
लम्पी स्किन रोगबाट सबैभन्दा बढी बैतडीमा १ हजार १ सय ९० बाच्छा÷बाच्छी,१ हजार ३ सय ८० गाई,८ सय ६५ गोरु,१४ भैँसी गरी ३ हजार ४ सय ४९,बझाङमा ६ सय ५४ बाच्छा÷बाच्छी,१ हजार १९ गाई, ७ सय ४७ गोरु,७ भैँसी गरी २ हजार ४ सय २७ र डोटीमा ५ सय ८९ बाच्छा÷बाच्छी,६ सय ८९ गाई,७ सय ८५ गोरु,१२ भैसी गरी २ हजार ७५ पशु मरेको सूचना अधिकारी नाथले जानकारी दिए ।
त्यस्तै अछाममा २ सय ७ बाच्छा÷बाच्छी,५ सय ९८ गाई,८ सय ६२ गोरु,१७ भैँसी गरी १ हजार ६ सय ८४,दार्चुलामा १ सय ३७ बाच्छा÷बाच्छी,७ सय ५ गाई,६ सय ७२ गोरु,१७ भैँसी गरी १ हजार ५ सय ३१ र डडेल्धुरामा २ सय ५७ बाच्छा÷बाच्छी,७ सय २३ गाई,५ सय ५० गोरु गरी १ हजार ५ सय ३० पशु लम्पी स्किनबाट मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटीले जनाएको छ ।
त्यस्तै बाजुरामा १ सय ३५ बाच्छा÷बाच्छी,२ सय ९१ गाई,२ सय ५३ गोरु,१३ भैसी गरी ६ सय ९३,कैलालीमा १ सय १६ बाच्छा÷बाच्छी,९६ गाई,४५ गोरु,१८ भैँसी गरी २ सय ७५ र कञ्चनपुरमा १८ बाच्छा÷बाच्छी,९४ गाई,७ गोरु गरी १ सय १९ पशु लम्की स्किनबाट मरेको जनाइएको छ ।
प्रदेशभरी ६४ हजार ६ सय २५ बाच्छा÷बाच्छी, १ लाख ४६ हजार ७ सय ८० गाई,१ लाख ९ हजार २ सय २४ गोरु,५ हजार १ सय ५१ भैँसी गरी ३ लाख २५ हजार ७ सय ९९ पशु लम्पी स्किन रोगबाट संक्रमित भएको निर्देशनालयले जनाएको छ ।
कैलालीमा ३ हजार ६ सय ८२,कञ्चनपुरमा २ सय ९२,बेतडीमा ३ सय र बाजुरमा ३ सय २५ वटा लम्की स्किन संक्रमित पशुलाई खोप लगाइएको जनाइएको छ । लम्पी स्किन रोगबाट बढी प्रभावित क्षेत्रहरुमा औषधी र खोपका लागि योजना बनाएर अघि बढ्ने कार्य भइरहेको सूचना अधिकारी नाथले बताए ।













