• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

जलविद्युत् आयोजनाले फेरियो मार्माको मुहार

  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित

मार्मा- निजी क्षेत्रको लगानीमा निर्माण भएको ४० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले दार्चुलाको दुर्गम गाउँपालिका मार्माको मुहार नै फेरिएको छ। जलविद्युत् आयोजनाबाट मार्मा गाउँपालिकाले वार्षिक तीन करोडभन्दा बढी रोयल्टी पाउने भएको छ। यो आयोजनाले स्थानीयस्तरमा रोजगारीको ढोका खोलेको छ।

विद्युत् आयोजना निर्माण हुँदा मार्माका तीन सयभन्दा बढी स्थानीयले रोजगारी प्राप्त गरेका छन्। कृषि उपज बिक्री गरेर लाखौँ रुपियाँ भित्रिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताए ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत वार्षिक ५० लाख रुपियाँभन्दा बढी नभएको अवस्थामा मार्मा गाउँपालिकाले विद्युत् आयोजनाबाट वार्षिक तीन करोड रुपियाँभन्दा बढी पाउने भएको छ।

विद्युत् आयोजना बन्नुअघि मार्माले ४०र५० लाखभन्दा बढी आन्तरिक अम्दानी गर्न सकेको थिएन। विद्युत् आयोजनाले सरकारलाई वार्षिक पाँच करोड रोयल्टी बुझाउँदा मार्मा गाउँपालिकाले तीन करोड रुपियाँभन्दा बढी रोयल्टी प्राप्त गर्ने गाउँपालिकाका अध्यक्ष धामीले बताए ।

सुकिला बने हाटबजार

विद्युत् आयोजनाले दुर्गम गाउँमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेपछि मार्मा गाउँपालिकाको चार ठाउँको हाटबजार सुकिला बन्न थालेको स्थानीय युवा नरबहादुर विष्टले बताए । १४ हजार ९५६ जनसङ्ख्या रहेको मार्मा गाउँपालिकामा कुल छवटा वडा छन्। लटिनाथ, सेलीबासा, सिमार र पारीबगर गरी चार ठाउँमा बजार विस्तार भएका छन्।

मार्माको मुख्य बजारका रूपमा रहेको लटिनाथमा करिब दुई सय पक्की घर ठडिएका छन्। लटिनाथमा सहरको जस्तै सुकिला घर बन्न थालेका छन्। विद्युत् आयोजनासँगै गाउँमा सडक आएपछि स्थानीयलाई पक्की घर बनाउन सहज भएको स्थानीय नरबहादुर विष्टले बताए ।

परम्परागत खेतीकिसानीमा निर्भर यहाँका स्थानीयको रोजगारीको मुख्य स्रोत भारतमा ज्याला मजदुरी रहेकोमा विद्युत् आयोजनाले युवालाई गाउँमै रोकेको मार्मा गाउँपालिकाका उपाध्यक्ष शर्मिला चन्द सिंहले बताए ।

मार्मामा ‘मिनरल वाटर’

४० मेगावाट जलविद्युत् उत्पादन गर्ने अपि पावर कम्पनीले मार्मामा पानी उद्योग ९मिनरल वाटर० सञ्चालन गर्ने तयारी सुरु गरेको छ। मिनरल वाटरको उद्योग स्थापना गर्न मार्मा गाउँपालिका–२, घट्टीगाडमा भवन निर्माण सुरु भएको अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।

मार्मामा बिजुलीपछि मिनरल वाटर उद्योग सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा गरेर भवन निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष न्यौपानेले बताए । मिनरल वाटरको बोतलसमेत डिजाइन गरिसकिएको जानकारी दिनुहुँदै न्यौपानेले आधा लिटर र तीन सय मिलि लिटरको चार कुने बोतलको पानी बजारमा ल्याउने गरी काम सुरु भएको बताए ।

चमेलियामा ९६ मेगावाट बिजुली उत्पादन

४० मेघावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलिया नदीमा उत्पादिन बिजुली ९६.५ मेघावाट पुगेको छ। चमेलियाको बलाँचमा ३० मेघावाट, माथिल्लो चमेलिया ४०, मकरीगाड १० मेघावाट, नौगाड ८.५ मेघावाट र माथिल्लो अपरगाड आठ मेगावाट गरी ९६.५ मेगावाट बिजुली उत्पादन सुरु भएको छ।

बझाङको कालङ्गा नदीमा उत्पादन भएको ५३.७९ मेघावाट बिजुली पनि चमेलियाको ग्रिडमा जोडिएपछि बैतडी, दार्चुला र बझाङबाट कुल १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। गोरखापत्रबाट

  • मार्माको मुहार
बिहिबार, साउन १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

समाचार

सबै

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.