• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीमा वडा स्वास्थ्य क्लिनिकबाट साढे ४५ हजारले लिए नि:शुल्क उपचार सेवा

  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले हरेक वडामा मासिक रूपमा सञ्चालन गर्दै आएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट एक वर्षको अवधिमा साढे ४५ हजारजनाभन्दा बढीले उपचार सेवा लिएका छन् । उपमहानगरको तथ्यांकअनुसार वडा क्लिनिकबाट सेवा लिनेमध्ये अधिकांश महिला छन् ।

गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा वडा क्लिनिकबाट ३५ हजार ६१९ महिलासहित ४५ हजार ६८९ जनाले उपचार सेवा लिएका विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका संयोजक कृष्णबहादुर बोहराले जानकारी दिए । उनका अनुसार आठ हजार १६६ जनाले स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ सेवा लिएका छन् । क्लिनिकमा उपचार सेवा लिनेमध्ये पाँच हजार ४३७ जना ७० वर्ष उमेर माथिका रहेका उपमहानगरले जनाएको छ ।

आर्थिक अभावले उपचार गराउन नसक्ने विपन्न नागरिकलाई घरदैलोमै निस्शुल्क विशेषज्ञ उपचार सेवा दिने उद्देश्यले उपमहानगरले गत वर्षबाट विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सुरु गरेको हो । नगरका १९ वटै वडामा हरेक महिनाको एक दिन स्वास्थ्य क्लिनिक सञ्चालन हुँदै आएको छ । क्लिनिकमा आँखा, दाँत, हाडजोर्नी, फिजिसियन तथा स्त्री रोगसम्बन्धी सेवा निस्शुल्क दिने गरिएको छ ।

त्यस्तै इसिजी, सुगर, पिसाब, रगतलगायत विभिन्न प्रयोगशाला जाँच निस्शुल्क गरिन्छ । गर्भवती महिलालाई निस्शुल्क अल्ट्रासाउन्डको सुविधा पनि क्लिनिकमा उपलब्ध हुन्छ । एक वर्षमा क्लिनिकबाट चार हजार ६९९ गर्भवतीले सेवा लिएकोमा तीन हजार ८९ जनाले अल्ट्रासाउन्ड सेवा लिएका उपमहानगरले जनाएको छ । उक्त अवधिमा क्लिनिकमा जाँच गर्न आएका पाँच हजार दुई सय ७१ जनालाई निस्शुल्क प्रयोगशाला जाँचको सुविधा दिइएको बोहराले जानकारी दिए ।

वडा क्लिनिक सञ्चालन गर्न उपमहानगरले एकजना फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञ गरी दुईजना विशेषज्ञ डाक्टर नियुक्त गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले वडा क्लिनिकका लागि गत वर्ष अल्ट्रासाउन्ड, इसिजीलगायत उपकरण दिएको छ । धनगढीका निजी तथा सामुदायिक अस्पतालहरूसँगको सहकार्यमा क्लिनिकबाट हाडजोर्नी, आँखा, दाँतसम्बन्धी रोगलगायत सेवा दिने गरिएको छ ।

उपमहानगरको आग्रहमा केही निजी र सामुदायिक अस्पतालले हाडजोर्नी, आँखा र दन्तरोगसम्बन्धी चिकित्सक वडा क्लिनिकमा खटाइदिने गरेको क्लिनिक संयोजक बोहराले बताए । १९ वटा वडामा महिनामा १९ दिन सञ्चालन हुने क्लिनिकमा सेवा लिनेको संख्या उपमहानगरले सोही दिन सामाजिक सञ्जालबाट पनि सार्वजनिक गर्दै आएको छ ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले एक वर्षमा विशेषज्ञ वडा क्लिनिकले नागरिकलाई दिएको सेवाबाट आफू उत्साहित भएको बताए । सवा दुई लाख जनसंख्या भएको ठाउँमा ४५ हजारले सेवा पाउनु ठूलो विषय भएको उनको भनाइ छ । ‘निजी अस्पतालमा उपचार गराउन नसक्ने र सरकारी अस्पतालमै पनि आउन नसक्ने विपन्नलाई लक्षित गरेर वडा क्लिनिक सुरु गरेका थियौँ,’ उनले भने, ‘यसले नागरिकलाई स्वास्थ्य उपचारमा ठूलो सहयोग पुगेको छ ।’

निजी अस्पतालहरूसँगको सहकार्यमा वडा क्लिनिकमा विशेषज्ञ सेवा थप गर्दै लगेको उनले बताए । प्रयोगशाला परीक्षणका लागि केही उपकरण थप गर्न लागिएको हमालले जानकारी दिए । स्थानीय तहको चुनावका वेला नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाएका हमालले नगरप्रमुखमा निर्वाचित भएको दुई महिनामै वडा स्वास्थ्य क्लिनिक सुरु गरेका थिए ।

विपन्नले कुखुरा, बाख्रा बेचेर पनि उपचार नपाउने अवस्था अन्त्य गर्न खोजिएको हमालले बताए । मेयरले चढ्ने सरकारी गाडी क्लिनिकका लागि हस्तान्तरण गरेका उनी आफ्नो निजी गाडी प्रयोग गर्दै आएका छन् । वडा क्लिनिकलाई निरन्तरता दिएर आवश्यकताअनुसार जनशक्ति र उपकरण थप्दै लैजाने नगरप्रमुख हमालले बताए । नयाँपत्रिकाबाट

  • वडा स्वास्थ्य क्लिनिक
आइतबार, साउन २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.