धनगढी- धनगढी उपमहानगरपालिका भित्रका उद्यमी महिलाहरुलाई डिजिटल मार्फत व्यवसाय गर्न तालिम दिइएको छ । धनगढीमा सोमबार वमेनएक्टको आयोजनामा धनगढीका उद्यामी महिलाहरुलाई डिजिटल वित्त साक्षरता तालिम दिइएको हो ।
उद्यमी महिलाहरुलाई डिजिटल मार्फत व्यवसायलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने उदेश्यले तालिमको आयोजना गरिएको वमेनएक्टकी सुदूरपश्चिम प्रदेश संयोजक अनिता क्षेष्ठ कर्मचार्यले बताइन् ।
महिलाहरुलाई कसरी प्रविधिमा जाने र आफनो व्यवसायलाई प्राविधि मार्फत व्यापार गर्न भने सिप सिकाइने उनले बताइन् । डिजिटल मार्फत व्यापार व्यावसाय गर्दा बिमितहरुले पनि विश्वास गर्न र बिमा गर्न पनि सहज हुने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाले अहिलेको युग भनेको प्रविधिको युग भएकाले उद्यमी महिलाहरुलाई प्रविधिमा जोड आवश्यक रहेको बताए । यस तालिमले महिलाहरुलाई सिक्न मात्रै नभइ भोलीका दिनमा अन्य उद्यमी महिलाहरु लाई पनि सिकाउन सक्ने क्षमताको विकास हुने उनले बताए ।
गत वर्ष आफूले आफनो वडाका महिलाहरु लाई उद्यमी बनाउने उदेश्यका साथ फाइवर झोला बनाउने तालिम दिइएको उनले बताए ।
उद्यमी महिलाहरुलाई झोला बनाउने सिप सँगै उनीहरुलाई पाँच वटा मिसिन समेत वितरण गरिएको उनले बताए ।
तालिममा ५० जना उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।















