• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

बाजुरामा ९६ मध्ये ३२ मुद्दा सम्बन्ध बिच्छेदका

  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित

बाजुरा- बाजुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ। जिल्ला अदालत बाजुरामा एक वर्षको अवधिमा दर्ता भएका मुद्दाको संख्या हेर्दा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा मात्रै दर्ता भएका छन्।

एक वर्षको अवधिमा दर्ता भएका ९६ मुद्दा मध्ये ३२ वटा सम्बन्ध बिच्छेदका मात्रै रहेको जिल्ला अदालतको तथ्याकंले देखाएको छ। आर्थिक वर्ष २०७८/७९ बाट सरेर आएका ४२ बाहेक यो वर्षमात्रै ९६ वटा नयाँ मुद्दा दर्ता भएका छन्। पुराना र नयाँ गरी जम्मा १३८ मुद्दा मध्ये यो वर्षको असार मसान्तसम्म ९२ वटा मुद्दा फछ्र्यौट गगरिएको छ। ४६ वटा मुद्दा बाँकी छन्।

तीमध्ये ७७ फौजदारी र ६१ देवानी प्रकृतिका दर्ता भएका हुन्। फछ्र्यौट भएकामध्ये ४९ देवानी र ४३ फौजदारी प्रकृतिका मुद्दा रहेको जिल्ला अदालत बाजुराले बताएको छ। थुनुवा प्रकृतिका ३५ मध्ये २० वटा किनारा लागिसकेका छन्। भने १५ फस्छ्यौट हुन बाँकी छन्।

अदालतमा दर्ता हुने मध्ये आधा बढी पारिवारीक विवादका नै बढी छन्। विगतका वर्षभन्दा यो वर्ष सम्बन्ध बिच्छेद सहीत पारिवारीक विवादका मुद्दा बढी आउने गरेको अधिवक्ता हर्कबहादुर खडायतले बताएका छन्।

‘अन्य मुद्दाको चाप नै छैन, सम्बन्ध बिच्छेद, श्रीमान् श्रीमतीबीचको झगडा, अंशबण्डा, बाल विवाह, बहुविवाह, बलात्कार र करणी प्रकृतिका मुद्दाहरू नै बढी छन्,’ खडायतले भने।

सम्बन्ध बिच्छेदका लागि दर्ता भएका ३२ मध्ये २७ फछ्र्यौट भइसकेका छन्। भने ५ हुने क्रममा छन्। अंशबण्डाका मात्रै यो वर्ष १४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १२ वटा फछ्र्यौट भएका छन् भने २ वटा बाँकी छन्।

बहुविवाहका मात्रै ५ वटा मुद्दा दर्ता भएका छन्। १ फछ्र्यौट भएपछि ४ अझै बाँकी छन्। बालविवाह २, सम्पत्तिसम्बन्धी ८ वटा मुद्दा दर्ता भएका थिए। ज्यान मार्ने कसुरअन्र्तगतका १८ वटा मुद्दा दर्ता भएका छन्।

तीमध्ये १२ वटा फछ्र्यौट गरिसकिएको छ। ६ वटा मात्रै हुन बाँकी छन्। ज्यान मार्ने उद्योगसम्बन्धी ६ वटा, आत्महत्या दुरुत्साहनसम्बन्धी ८ मुद्दा दर्ता भएका थिए। ६ वटा फछ्र्यौट भइसकेका छन् भने २ वटा बाँकी छन्। कर्तव्य ज्यानका १ मध्ये एक मात्रै बाँकी छ।

जबरजस्ती करणीसम्बन्धी २६ वटा मुद्दा दर्ता भएकोमा १८ वटा फछ्र्यौट भएका छन् भने ८ बाँकी छन्। सम्बन्ध बिच्छेदपछि जिल्ला अदालतमा जबरजस्ती करणीका मुद्दा नै बढी दर्ता भएको देखिन्छ। पछिल्लो समय बलात्कार, जबरजस्ती करण, सम्बन्ध बिच्छेद र पारिवारिक हिंसाका घटना नै बढी आउने गरेको अधिवक्ता तुलाराम जैशीले बताए।

सम्बन्ध बिच्छेदका घटना बढी दर्ता हुनुमा प्रविधिको विकास, वैदेशिक रोजगार र श्रीमान्सँगको सम्पत्तिको आस नै देखिएको छ। बदलिएको कानुनी व्यवस्थाले पनि महिलाका पक्षमा सहज बनाइदिएपछि यस्ता घटनामा वृद्धि भएको अधिवक्ता गगन रावलले बताए।

सानो जिल्लामा पनि एक वर्षमै यति ठूलो संख्यामा सम्बन्ध बिच्छेदका मुद्दा आउनु डरलाग्दो कुरा भएको रावलको भनाइ छ। कैलालीमा मात्रै यो वर्ष ४ सय बढी पुरुषले सम्बन्ध बिच्छेदका लागि उजुरी दिएका छन्। बाजुराको हकमा भने पुरुषभन्दा बढी महिला नै सम्बन्ध बिच्छेदका लागि आउने गरेको पाइएको छ।

वैदेशिक रोजगारका लागि विदेश बस्ने, आफूहरू जागिरका लागि घर छोडेर बाहिर गएका, घरमा एक्लै बसाएका र सानो उमेरमा बाल विवाह गरेपछि अर्कैसँग सम्बन्ध राख्ने समस्याले सम्बन्ध बिच्छेदका मुद्दा बढी दर्ता हुन थालेको निष्कर्ष कानुन व्यवसायीको छ।

मुद्दाको चाप सामाजिक सद्भाव बिग्रिनेगरी बढिरहेकोमा कानुन व्यवसायी पनि चिन्तित छन्। उसो त अदालती प्रक्रिया पनि पुरुषका हकमा थप झन्झसटिलो र महिलाका पक्षमा जस्तो लाग्ने हुँदा महिलाहरूले सानो विषयमा पनि उजुरी दिने गरेको पाइएको छ।

 

  • सम्बन्ध बिच्छेदका
मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.