धनगढी- नेपाली काँग्रेस कैलालीले क्षेत्र नम्बर ४ का क्षेत्रीय प्रतिनिधी लोकराज पाण्डेय ‘आगो’लाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।
नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले हिजो (सोमबार) विज्ञप्ति जारी गर्दै ‘आगो’लाई साधारण सदस्य नरहने गरि कारबाही गरिएको जानकारी दिएका हुन् ।
आगोमाथि पार्टीको पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरि पार्टीका जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताहरुको मानहानी हुने गरि सार्वजनिक रुपमा अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।
पार्टीले क्षेत्र नम्बर ४ क्षेत्रीय प्रतिनिधि सुरजबहादुर कार्कीलाई पनि पार्टी हित विपरित कार्य गरेको भन्दै साधारण सदस्य नरहने गरि कारबाही गरिएको कांग्रेस कैलालीले जनाएको छ ।















