• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मोहना–अत्तरिया ६ लेन सडकमा पुल निर्माणको काम अलपत्र

  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित

धनगढी– अत्तरिया ६ लेन सडकमा तीनवटा पुल निर्माणको काम अलपत्र परेको छ । निर्माणाधीन तीनमध्ये दुईवटा पुल सम्झौताअनुसार आगामी वैशाखमा सम्पन्न गर्नुपर्ने हो । तर, पुलको प्रगति निशाराजनक छ ।

गोदावरी नगरपालिकाअन्तर्गत सुनिखोलामा निर्माणाधीन पुलको दुईपटक थप गरिएको समयावधि गत १३ असार सकिएको छ । हालसम्म पुलको भौतिक प्रगति ६५ प्रतिशत मात्र रहेको महाकाली पुल आयोजना कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर सन्तोष चन्दले दुईपटक म्याद थप गरिएको अवधिमा काम पूरा नभएपछि तेस्रोपटक म्याद थपको प्रक्रियामा रहेको जानकारी दिए ।

पहुँच मार्ग, नदी नियन्त्रण, पुलको रेलिङलगायतका काम बाँकी रहेको उनले बताए । ‘यो पुलमा ६५ प्रतिशतजति काम भएको छ, वित्तीय प्रगति पनि त्यही हाराहारीमा छ,’ चन्दले भने, ‘दुईपटक म्याद थप हुँदा पनि कामले गति लिएन ।’ सुदूरपश्चिममा हुलाकी राजमार्गलगायत कैयौँ योजना अलपत्र पारेको राजेन्द्र निर्माण सेवाले यो पुल निर्माण गरिरहेको छ ।

तीन करोड ३७ लाख लागतको सुनिखोला पुल २४ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । गोदावरी नगरपालिकाअन्तर्गत नै मनहरा खोलामा निर्माणाधीन पुलको काम पनि करिब दुई वर्षदेखि अलपत्रजस्तै छ । आयोजना कार्यालयका अनुसार दुई वर्षसम्म पुलको काम १५ प्रतिशतभन्दा कम भएको छ ।

कोरोना, मूल्य वृद्धिलगायत बहानामा निर्माण कम्पनीले काम नगरेको हो । नयाँ पुलको पाइला हाल्दा पुरानो पुलमा समस्या देखिएपछि केही समय काम प्रभावित भएको उनले बताए । ६२ मिटर लामो यो पुलको २७ महिनाको निर्माण अवधि आगामी भदौमा सकिने इन्जिनियर चन्दले जानकारी दिए । उच्चाकोटी–समीदेव–साजेन्द्र जेभीले पुल निर्माणको काम गरिरहेको छ ।

६ लेन सडकअन्तर्गत नै धनगढीदेखि गौरीफन्टा नाका जोड्ने मोहना नदीमा पुल निर्माणका लागि ०७८ माघमा रायमाझी कन्सट्रक्सनसँग निर्माण सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी वैशाखसम्म मोहना नदीमा एक सय २५ मिटर लामो पुल निर्माण हुनुपर्ने हो । तर, यो पुलको ‘पाइल’ राख्ने काम पनि भएको छैन ।

५० वटामध्ये ४० वटा पाइल राख्ने काम बर्खाअघि सकिएको आयोजना कार्यालयले जनाएको छ । बर्खा लागेसँगै तीनवटै पुलको काम ठप्प छ । मोहनामा निर्माणाधीन पुलको भौतिक प्रगति २० प्रतिशत मात्र रहेको इन्जिनियर चन्दले बताए । हालसम्मको प्रगति हेर्दा वैशाखमा पुल निर्माणको काम पूरा हुने नदेखिएको उनले बताए । मोहनामा बन्ने पुलको लागत १३ करोड १७ लाख रुपैयाँ रहेको चन्दले जानकारी दिए ।

तीनवटै ठाउँमा यसअघि रहेका पुलसँगै नयाँ पुल निर्माण गरेर ६ लेन बनाउन लागिएको हो । नयाँ पुलको चौडाइ ११ मिटर रहनेछ । अन्य अवरोध नभई कोरोना, मूल्यवृद्धिलगायत कारण देखाएर ठेकेदारले काम नगरेको महाकाली पुल आयोजना कार्यालयले जनाएको छ । धनगढीको मोहना पुलदेखि अत्तरियासम्म ६ लेन सडक यसअघि नै बनेको छ ।

तर, हस्तान्तरण नहुँदै ६ लेन सडक केही ठाउँमा सडक भाँसेको, चर्केको र फुटेको छ । भत्किएपछि केही ठाउँमा मर्मत गरिएको छ भने केही ठाउँमा उस्तै छ । सडक कालोपत्रे भए पनि रेलिङ राख्ने, ट्राफिक संकेतहरू बनाउने काम भने अझै पूरा भएको छैन । आगामी असोजमा सडक हस्तान्तरण गरिने बताइएको छ । १४।२ किलोमिटर लामो यो सडकलाई तीनवटा खण्डमा छुट्याएर छुट्टाछुट्टै ठेक्कामार्फत काम भएको थियो । नयाँपत्रिकाबाट

  • पुल निर्माण
बुधबार, साउन २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.