धनगढी- अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर धनगढीको शिवपुरी धाम परिसरमा वृक्षारोपण गरिएको छ । नेपाली युवा उद्यमी मञ्च कैलालीले युवा दिवसको अवसरमा वृक्षारोपण गरेको हो ।
युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष कुबेर शाही लगायत पदाधिकारी तथा सदस्यहरू वृक्षारोपण कार्यक्रममा सहभागी थिए । अन्तर्राष्ट्रिय युवा दिवसलाई युवा उद्यमी मञ्च कैलालीले वृक्षारोपण गर्दै मनाइएको अध्यक्ष शाहीले बताए ।
अध्यक्ष शाहीका अनुसार रुद्राक्ष, श्रीखण्ड, निम, बेल लगायत विभिन्न प्रजातिका ४० बोटबिरुवा धाम परिसरमा लगाइएको छ । कार्यक्रममा शिवपुरी धाम व्यवस्थापन समितिका अध्यक्ष बलदेव भट्ट र उपाध्यक्ष योगेश मल्ल सहितको उपस्थिति रहेको थियो । अध्यक्ष भट्टले युवा उद्यमी मञ्च कैलाली शाखालाई धन्यवाद व्यक्त गरे ।
सोही अवसरमा सहभागी सम्पूर्णले हातमा विभिन्न खाले जनचेतना मूलक नारा सहितका प्लेकार्डहरु बोकेर समाजलाई सकारात्मक सन्देश पनि दिएका छन् ।
मञ्चका अध्यक्ष कुबेर बहादुर शाहीले यस छेत्रमा युवा उद्यमी र उद्धामसिलताको विकासमा भूमिका खेल्नुका साथै विभिन्न अवसर हरुमा यस किसिमका अन्य सामाजिक र मानवीय सेवाका कार्यहरू निरन्तर गर्ने बताए ।
















