• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा कफी खेतीको सम्भावना

  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित

कैलाली- कफीखेतीका लागि सुदूरपश्चिम प्रदेशमा प्रचुर सम्भावना भए पनि व्यावसायिक रुपमा खेती सुरु हुन सकेको छैन । सुदूरपश्चिमलाई हेरिने दृष्टिकोण, स्पष्ट नीतिगत व्यवस्थाको अभाव, लगानीकर्ताको कमी, उद्योगी, व्यापारी एवं निजी क्षेत्रले यसतर्फ चासो नदिनुलगायत कारणले प्रशस्त सम्भावना भए पनि खेती सुरु हुन नसकेको कृषि प्राविधिक बताउँछन् ।

प्रदेशमा कफीखेतीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि यहाँका किसानले लगानी गर्न चासो नदिँदा व्यावसायिक खेती हुन नसककेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । “अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित कफीको माग उच्च छ । यसबाट मनग्य आम्दानी गर्न सकिन्छ”, उनले भने, “विश्व बजारमा भइरहेको माग अनुसार कफी एक प्रतिशत र चिया दश प्रतिशत पनि पुर्‍याउन सकिएको छैन ।”

प्रमुख शर्माले सुदूरपश्चिम प्रदेशका जिल्ला बाहेक अन्य कतिपय जिल्लामा थोरै जग्गामा कफीखेती हुँदै आएको बताए । उनका अनुसार नेपाली कफी विदेश निर्यात हुँदा सरदर प्रतिकिलो १६ अमेरिकी डलर प्राप्त हुन्छ ।

राष्ट्रिय चिया तथा कफी बोर्डले सन् २०१४ मा सुदूरपश्चिमको डोटी र डडेलधुरामा कफी खेतीको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार डोटीमा ६४ हजार आठ सय र डडेलधुरामा ५१ हजार तीन सय ३० हेक्टर जमिनमा कफीखेती विस्तार गर्न सकिने सम्भावना रहेको बोर्डले जनाएको छ ।

जियोग्राफिक इन्फरमेसन९आधुनिक प्रविधि०मार्फत् गरिएको उक्त अध्ययन अनुसार प्रदेशमा एक लाख ९० हजार दुई सय ४६ हेक्टर जग्गामा कफी र तीन लाख ४९ हजार छ सय ६४ हेक्टर जग्गामा चियाखेती सम्भावना रहेको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेशको १२ हजार दुई सय हेक्टर जग्गामा कफीखेतीको उच्च, ५९ हजार सात सय १६ हेक्टरमा राम्रो र एक लाख १८ हजार तीन सय ३० हेक्टरमा सामान्य सम्भावना रहेको छ ।

तीन हजार नौ सय २४ हेक्टर रुखो तथा बाँझो जग्गा, सात हजार आठ सय ५५ हेक्टर घाँसे मैदान र दुई हजार दुई सय ४७ हेक्टर झाडी भएको जग्गामा रहेको बताउँदै निर्देशक डा भट्टराईले यसमा चियाखेती गर्न सकिने सम्भावना रहेको जानकारी दिए । उनका अनुसार यहाँको भूगोल, हावापानी र माटोका हिसाबले प्रदेशमा ‘अराविक’ जातको कफीखेतीको राम्रो सम्भावना रहेको छ ।

कैलालीको चुरे र बैतडीको दोगडाकेदार गाउँपालिकाका साथै अछाम र बझाङ जिल्लामा कफीखेतीको उच्च सम्भावना रहेको उक्त अध्ययनले देखाएको छ ।

बजारमा बढी माग हुने अराविक जातको कफी खेतीको लागि ७० देखि ८० प्रतिशत सापेक्षित आद्रता, एक हजार छ सयदेखि दुई हजार पाँच सय मिलिमिटरसम्मको वर्षा, १५ देखि २५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने कृषि प्राविधिकको भनाइ छ ।

आइतबार धनगढीमा आयोजित ‘चिया तथा कफीको एकीकृत विकासका लागि अन्तरक्रिया’ कार्यक्रममा चिया तथा कफी विकास बोर्ड, प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिबीच छलफल भएको थियो । कार्यक्रममा बोर्डको प्यूठानस्थित कार्यालयका प्रमुख एकराज सञ्ज्यालले स्वाद र गुणस्तरको दृष्टिमा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा बढी मूल्य पाउने गरेको बताए ।

“विश्व बजारमा पेट्रोलियम पदार्थपछि सबैभन्दा बढी कफी खपत हुने गरेको पाइएको छ”, उनले भने, “सगरमाथाको देश, हिमाली गुणस्तर, सन्तुलित स्वाद र विशिष्ट गुण हुन्छ भन्ने बुझाइ अन्तर्राष्ट्रिय बजारमा हुँदा नेपाली कफीको माग निकै उच्च छ ।”

कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७७र७८ मा रु दश करोड ६७ लाख बराबरको एक सय ९८ दशमलव सात मेट्रिक टन कफी आयात हुँदा रु नौ करोड ६० लाख बराबरको ७२ दशमलव ४८ मेट्रिक टन विदेश निर्यात भएको थियो ।

आव २०७८र८९ मा रु १२ करोड ७६ लाख बराबरको कफी आयात हुँदा रु ११ करोड ७० लाख बराबरको निर्यात भएकामा आव २०७८र७९ मा नेपालमा उत्पादन भएको तीन सय ५५ मेट्रिक टन ग्रीनबिन कफीको झण्डै २० प्रतिशत मात्रा विदेश निर्यात भएको थियो ।

नेपालमा गुल्मी जिल्लाबाट कफीखेती सुरु गरिएकामा हाल विभिन्न जिल्लामा गरी तीन हजार तीन सय ४६ हेक्टरमा खेती भइरहेको बोर्डले जनाएको छ । बोर्डले कफी खेतीमा संलग्न किसानलाई प्रोत्साहन गर्दै समिति क्षेत्रमा गरिँदै आएको खेतीलाई ‘कफी स्टेट’का रुपमा विस्तार गरी आत्मनिर्भर बनाउने उद्देश्यले काम गरिरहेको जनाएको छ । यसका लागि बोर्डले केही जिल्ला, प्रदेश र स्थानीय सरकारसँग योजनाबद्ध समन्वयात्मक कार्य गरिरहेको बोर्डका निर्देशक डा भट्टराईले बताए ।

यस वर्षदेखि बोर्डले व्यावसायिक उत्पादनको लागि चाक्लाबन्दीमा कफीखेती क्षेत्र विस्तार गर्दै स्थानीय क्षेत्रभित्र व्यावसायिक नर्सरी बिरुवा उत्पादन कार्यक्रमलाई प्राथमिकता दिएको उनको भनाइ थियो ।

निर्देशक डा भट्टराईले बजारमा कफी र चियाको माग बढ्दै गएकाले खेती थप विस्तारका लागि सरोकारवालासँग समन्वय गरी योजनाबद्ध रुपमा काम भइरहेको जानकारी दिए । “अग्र्यानिक कफी उत्पादन गर्दै यसलाई थप प्रवर्द्धन गर्ने प्रयासमा बोर्ड छ”, उनले भने, “सहमतिमा बिक्री मूल्य तोकिने बाली कफी मात्र हो, किसानलाई उत्पादन लागत छाडेर २० प्रतिशत मुनाफा सुनिश्चित गर्ने गरी मूल्य तोक्ने गरिएको छ ।”

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले युवाहरुलाई संलग्न गराएर व्यवसायिक रुपमा कफीखेती गर्न सकिएमा विदेश पलायन हुने प्रवृत्तिमा कमी आउने बताए । “चिया तथा कफी खेतीमा दिन सकिने अनुदान वा सहुलियतका बारेमा गुरुयोजना बनाई बोर्डसँग सहकार्य गरेर सरकारअघि बढ्न प्रतिबद्ध छ”, उनले भने ।

बजारमा नेपाली चिया र कफीको माग बढ्दै गएकाले यस खेतीको संरक्षण एवं प्रवर्द्धन गर्दै व्यावसायिक उत्पादनका लागि पहल गर्नुपर्नेमा जोड दिँदै यो खेतीमार्फत् रोजगारी सिर्जना, वातावरण संरक्षण, दिगो आयआर्जनलगायत क्षेत्रमा योगदान पुर्‍याउन सकिने कार्यक्रमका सहभागीले जोड दिएका थिए । रासस

 

  • कफी खेती
सोमबार, साउन २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.