धनगढी– डोटीको जोरायलमा रहेको गडसेरी गाड लघु जलविद्युत आयोजनामा पहिरोले क्षति पर्याएको छ । हिजो (सोमबार) राति साढे ८ बजे आएको पहिरोले गडसेरी गाड लघु जलविद्युत आयोजनामा क्षति भएको आयोजनाका अपरेटर गोविन्द बडुले जानकारी दिए ।
पहिरोमा जलविद्युत आयोजनाका दुई जना अपरेटर सकुशल छन् । २०६६ साल देखि सञ्चालनमा आएको जलविद्युत आयोजनाले गाउँपालिकाका ३५३ घरधुरीलाई उज्यालो दिएको थियो । स्थानीयले छिटो भन्दा छिटो जलविद्युत मर्मत गर्न माग गरेका छन् ।















