अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– २ अत्तरियामा रहेको सत्यवती एकेडेमीमा आगलागी भएको छ । बुधबार बिहान विधुत सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
भवनको चौथो तलामा भएको आगलागी गोदावरी नगरपालिकाको दमकल, ईलाका प्रहरी कार्यालय मालाखेती, नगर प्रहरी लगायतको सहयोगमा नियन्त्रणमा लिईएको जनाईएको छ । क्षतिको विवरण आएको छैन ।















