धनगढी- सुदूरपश्चिम प्रदेशका ग्रामिण क्षेत्रका नागरिकलाई सरकारको पहुँचसम्म पुर्याउन प्रविधिमैत्री बनाइने भएको छ । धनगढीमा बुधबार युएनडिपीको सहकार्यमा एवार्ड नेपालले आयोजना गरेको कार्यक्रममा ग्रामिण क्षेत्रका नागरिकलाई प्रविधिसंग जोड्न लागिएको जानकारी दिइएको हो ।
सरोकारवालासँग गरिएको अन्तरक्रियामा ग्रामिण क्षेत्रका नागरिकलाई सरकारको पहुँचसम्म पुगाउन प्रविधिमैत्री बनाउन प्रयास गरिएको एवार्ड नेपालका अध्यक्ष जयबहादुर विश्वकर्माले जानकारी दिए।
उनले सिमाकृत समुदायका महिला बालबलिकाको समस्यालाई सरकारको पहुँचसम्म पुगाउने उद्दश्यले हेलो सिएम र हेलो मेयर कार्यक्रमलाई प्रभावकारी बनाउन लागिएको बताए ।
आफूहरुले सरकारका रणनीति योजनाहरुसँग मिलेर काम गर्न र सिमाकृत समुदायका महिला र बालबालिकाको क्षमता अभिवृद्धि गर्न लक्ष्य रहेको उनले बताए ।
उनका अनुसार प्रदेशभरका २५ वटा वडामा प्रविधिमैत्री तालिम सञ्चालन गरिनेछ । जसमध्ये धनगढीका सबै १९ वटै वडामा यस्तो तालिम सञ्चालन गरिनेछ ।













