कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकलको हेलमेट भित्र लुकाइएर लगिँदै गरेको अवस्थामा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका– १० सडकघाट लागु औषध खैरो हिरोइनसहित बेदकोट नगरपालिका–९ सुन्दरपुरका संजिव भण्डारी र विवेक साउँद पक्राउ परेका हुन् ।
कञ्चनपुर प्रहरीका अनुसार सुप.प्र ०२९००३ प ३०८८ नम्बरको मोटरसाइकल डोर्याउँदै लगिरहेको अवस्थामा ट्याङकी माथि राखेको हेलमेट भित्र ५.११ ग्राम लागु औषध खैरो हिरोइन फेला परेको हो। दुवै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















