• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

प्रदेश सरकारद्वारा विपत् प्रतिकार्य योजना निर्माण

  •   शनिबार, भदौ ०९, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना निर्माण गरेको छ । विपत्को विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरिएको हो ।

यसमा विपत्पश्चात् मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ ।

यस वर्ष केही ढिलो गरी कार्ययोजना तयार पारिएको मन्त्रालयका निमित्त सचिव विश्वद्वीप बेस्राले जानकारी दिए । कार्ययोजनाले बाढीपहिरो र अन्य पानीजन्य प्रकोपको सम्भावित क्षति आकलन गर्न तथा आपत्कालीन अवस्थामा कुन कुन निकायलाई कसरी परिचालित गर्ने भन्ने विषयमा सहजीकरण हुने जनाइएको छ ।

जोखिम न्यूनीकरण र पूर्वतयारी कसरी गर्ने, घटना हुनेबित्तिकै कसरी प्रतिकार्य गर्ने जस्ता विषयमा जिम्मेवारी तोकिएको छ । सरोकारवाला निकायसँगको छलफल, प्राविधिक विश्लेषण र विगतको अनुभवका आधारमा जोखिम आकलन गरेर त्यसको पूर्वतयारी र प्रतिकार्यको स्पष्ट खाका कार्ययोजनामा समेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश विपत्को हिसाबले उच्च जोखिममा छ । मनसुनको समयमा प्रत्येक वर्ष बाढी, पहिरोलगायतका अन्य पानीजन्य विपत्का कारण जनधनको क्षति हुने गरेको छ । कमजोर भौगर्भिक बनावट भएका पहाडका फेदीहरू र चुरे क्षेत्रबाट बगेर आएको बालुवा तथा ग्राभेल थुप्रिनाले बस्ती तथा कृषियोग्य जमिन कटान हुने गरेको विपत् प्रतिकार्य योजनामा छ ।

कर्णाली र महाकाली नदी एवं अन्य सहायक नदी र महाभारत तथा चुरे क्षेत्रबाट उत्पत्ति भएका नदीनाला तथा खोल्साहरूले कैलाली र कञ्चनपुर जिल्लालाई प्रभावित गरेका छन् । जमिन कटान, भूक्षय, भूस्खलनबाट पहाडी जिल्लाहरू प्रभावित हुने गरेका छन् ।

एक लाख सतचालीस हजार प्रभावित

कुल २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या रहेको यो प्रदेशमा यस वर्षको मनसुनबाट एक लाख ४७ हजार ६० जना व्यक्ति र ३३ हजार ६५२ घरधुरी प्रभावित हुन सक्ने विपत् प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । विसं २०६९ देखि २०७९ सम्मको तथ्याङ्क विश्लेषण गर्दा यस प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको देखाइएकोे छ । यसै गरी बाजुरा, बझाङ, बैतडी र अछाम पहिरोको उच्च जोखिममा छन् । कैलाली जिल्लाको पहाडी भूभागसमेत पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ ।

यस वर्षको मनसुनजन्य विपत्बाट अछाममा तीन हजार ६६२, बैतडीमा सात हजार ६८५, बझाङमा चार हजार ३१, बाजुरामा आठ हजार ६३१, डडेलधुरामा सात हजार १०५, दार्चुलामा तीन हजार ३५३ र डोटीमा ११ हजार १८ घरधुरी पहिरोबाट प्रभावित हुन सक्ने जनाइएको छ ।

यस्तै कैलालीमा ४६ हजार ७७३ र कञ्चनपुरमा ५४ हजार ८०२ घरधुरी बाढी तथा डुबानबाट प्रभावित हुन सक्ने उल्लेख गरिएको छ । विगत १० वर्षमा डुबान वा बाढीका १६९ घटना भएका छन् । यसबाट ८० जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते र ६२ जना बेपत्ता भएका थिए ।
गोरखापत्रबाट

  • विपत् प्रतिकार्य
शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.