• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

डडेल्धुरा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढ्यो

  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित

डडेल्धुरा- स्वीकृति पाएलगत्तै ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजोयोथेरापी र बिएस्सी नर्सिङका कक्षा सुरु गर्ने तयारी, अर्को वर्ष एमबिबिए अध्यापन गराइने सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको आधार संकायका रूपमा सञ्चालन हुने डडेल्धुरा मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएपछि रणनीतिक योजना बनाएर काम अगाडि बढाइएको हो । सोही क्रममा केही दिनअघि चिकित्सा शिक्षा आयोगको टोलीले डडेल्धुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन होमनाथ जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगलाई अनुमति माग गरिएको थियो ।

‘हामीले ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजोयोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डिन जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको छ ।’

डिन जोशीले पाँचवटा विषयका कक्षा सञ्चालनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापक भर्ना गर्न आवेदन पनि खुला गरिएको जानकारी दिए । चिकित्सा शिक्षा आयोगले पठाएको चार सदस्यीय टोलीले डडेल्धुरा अस्पतालका सम्पूर्ण विभागसँगै अस्पतालमा निर्माणाधीन भवन, मेडिकल कलेजको नाममा रहेको जग्गालगायतको अनुगमन गरेको हो ।

टोलीमा आयोगकी शाखा अधिकृत नारायणी जोशीसँगै प्राध्यापक भुवनकुमारी डंगोल, दीपेन्द्र झा र उपप्राध्यापक महेशप्रसाद भुसाल थिए । यस्तै, सो क्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा। अम्मराज जोशी, रजिस्ट्रार यज्ञराज पाठकलगायतको पनि सहभागिता रहेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको आधार संकायका रूपमा सञ्चालन हुने डडेल्धुरा मेडिकल कलेजले अनुमति पाए माघदेखि कक्षा सञ्चालन हुने उपकुलपति जोशीले बताए ।

‘हामीले पाँच विषयका लागि अनुमति मागेका थियौँ र चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन पनि गरिसकेको छ,’ उनले भने, ‘पाँचवटै विषयको पनि अनुमति पाए हामी आयोगले कक्षा सञ्चालनका लागि तोकेको मितिमै यहाँ पनि कक्षा सञ्चालन गर्न सक्छौँ ।’

यस वर्षदेखि ब्याचलरका कार्यक्रम सञ्चालन गरेर अर्को वर्षदेखि एमबिबिएसका कक्षा सञ्चालन गर्ने योजना रहेको उपकुलपति जोशीले बताए । ‘अहिले डडेल्धुरा अस्पतालमा सय शय्या सञ्चालनमा छ,’ उनले भने, ‘निर्माणाधीन भवनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

भवन अस्पताललाई हस्तान्तरण भए अस्पताल तीन सय शय्यामा सञ्चालन हुनेछ । तीन सय शय्यामा अस्पताल सञ्चालन हुनासाथ हामी एमबिबिएसको अध्यापन पनि सुरु गर्छौं ।’

सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार पाठकले माघदेखि स्नातकका कक्षा सञ्चालन गर्न डडेल्धुरा मेडिकल कलेजसँग आवश्यक सबै पूर्वाधार रहेको बताए । ‘अनुगमन टोलीले चिकित्सा शिक्षा आयोगलाई प्रतिवेदन बुझाएपछि हामीले कक्षा सञ्चालनका लागि अनुमति पाउनेछौँ भन्ने विश्वास छ,’ उनले भने ।

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले चिकित्सा शिक्षा आयोगको टोलीबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । ‘चिकित्सा शिक्षा आयोगबाट डडेल्धुरा मेडिकल कलेजले अध्यापन अनुमति पाउनेमा विश्वस्त छौँ,’ उनले भने, ‘केही आधारभूत कुरा पूरा गर्न बाँकी भए पनि हामी तत्काल नै पूरा गर्न तयार छौँ । आयोगबाट अनुमति पाए यस वर्ष स्नातक र अर्को वर्षदेखि एमबिबिएसका कक्षा सञ्चालन गर्ने हाम्रो तयारी छ ।’

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । तर, भौतिक संरचना निर्माणका लागि डिपिआर निमार्णको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।नयाँपत्रिकाबाट

 

  • डडेल्धुरा मेडिकल कलेज
बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.