• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

प्रधानमन्त्रीका स्वकीय सचिवका ज्वाइँ पहिलो वरियतामा एसएसपी बढुवा सिफारिस

  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार गृह मन्त्रालयले उनलाई बढुवा गरेको हो । हाल १ नम्बरमा बढुवा भएका प्रविण कँडेल नेपाल प्रहरीबाट स्थान्तरण भएर आएका अधिकृत हुन् । त्यसैले कुँवर आफ्नो ब्याचमा एक नम्बरमा उक्लिएका छन् । कुँवर कायममुकायम एसएसपी र प्रहरी उपरीक्षक (एसपी) हुँदा ११ नम्बरमा थिए । सशस्त्र प्रहरी निरीक्षकका रुपमा भर्ना हुँदा पनि उनी ७५ जनामा अन्तिम पाँचमा थिए ।

स्रोतका अनुसार उनलाई १ नम्बरमा बढुवा सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाण पनि सकरात्मक थिएनन् । तर बालुवाटारको दबावमा उनी शीर्ष स्थानमा बढुवा सिफारिसमा परेका हुन् । कुँवरलाई कामु एसएसपीबाट एसएसपी बनाउन गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नियमावलीलाई नै संशोधन गरेको थियो । सशस्त्र प्रहरी नियमावली, २०७२ मा ‘सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने’ प्रावधान थियो ।

तर कुँवरको चार वर्षे अवधि पूरा नभएकाले यसलाई घटाएर तीन वर्ष कायम गरिएको थियो । कुँवरलाई कामु एसएसपी बन्न बाधा हुने भएपछि यसअघि लामो समयसम्म बढुवा नै रोकिएको थियो ।हाल सशस्त्र प्रहरी बलमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को तीन दरबन्दी रिक्त छ । त्यसमा कुँवरलाई बढुवा गर्ने गरी हाल एसएसपीमा पहिलो नम्बरमा राखिएको सशस्त्र प्रहरीका एक उच्च अधिकृत बताउँछन् ।

उनी भन्छन्, ‘निरीक्षक, डीएसपीमा निकै पछाडि रहेका अधिकृत एकैपटक कसैको आर्शिवादमा अगाडि ल्याउँदा सशस्त्र प्रहरीका तमाम अधिकृतहरुको मनोबल नै गिरेको छ ।’ यसले संगठनमा व्यवसायिक अधिकृतहरुलाई असर पुर्‍याएको उनले गुनासो गरे । सशस्त्र प्रहरी नियमावली अनुसार एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुन स्टाफ कलेज पास गरेको हुनुपर्ने प्रावधान छ । तर त्रिभुवन विश्वविद्यालयले लिने स्टाफ कलेजको प्रवेश परीक्षामै कुँवर दुई पटक अनुत्तीर्ण भएका थिए ।

‘उहाँ दुई पटक अनुत्तीर्ण हुनु भएको थियो, त्यसपछि उहाँलाई विना प्रतिष्पर्धा नेपाली सेनाको स्टाफ कलेज कोर्सका लागि सहभागी गराइएको थियो’ सशस्त्र प्रहरी स्रोत भन्छ, ‘तीन पटकसम्म पनि असफल भए फेरि परीक्षा दिन पाइन्नथ्यो, त्यसैले उनलाई सिधैँ सेनाको कलेजमा लागि छनौट गरिएको थियो ।’

स्रोतका अनुसार सेनाको स्टाफ कलेजमा लागि वर्षमा दुईजना सशस्त्र प्रहरी अधिकृतलाई पठान्छ । अन्य समयमा प्रतिष्पर्धाका आधारमा पठाउने गरेको भए पनि कुँवरलाई विना प्रतिस्पर्धा पठाइएको सशस्त्र प्रहरी स्रोतको दाबी छ । यसअघि सि.सं. १ को टोली एसएसपीमा बढुवा हुँदा पनि दिपेन्द्र शाह छलाङ मार्दै १ नम्बरमा बढुवा भएका छन् ।

आइतबार भएको बढुवा सिफारिसको तेस्रो नम्बरमा विष्णुप्रसाद भट्ट, त्यसपछि दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी र कमलप्रसाद तिउसीना छन् । बढुवा सिफारिसमा परेका सुवेदी बाराको सशस्त्र प्रहरी प्रमुख हुँदा कार्यसम्पादनमा प्रश्न उठेपछि जिम्मेवारीबाट हटाइएका अधिकृत हुन् । तिउसीनापछि नीरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, उद्धबबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण ढुंगाना र शंकर खनाल बढुवा सिफारिसमा परेका छन् ।

आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.