• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

कैलालीको भजनीका राजी समुदायलाई सुरक्षित आवास हस्तान्तरण

  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कैलालीको भजनी नगरपालिका ९ भुरुवास्थित राजी बस्तीमा निर्माण गरेका सुरक्षित आवास हस्तान्तरण गरेको छ । मन्त्रालयले ह्याविट्याक फर ह्युम्यानिटी नेपालको प्राविधिक तथा सामाजिक सहयोगमा मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत निर्माण भएका २५ वटा घर हस्तान्तरण गरेको हो । आइतबार एक कार्यक्रमकाबीच भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले निर्माण भएका आवास लाभान्वित परिवारलाई हस्तान्तरण गरिन् ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राजी बस्तीका पनि विपन्न परिवारलाई मुख्य प्राथमिकतामा राखेर घर निर्माण गरिएको बताइन् । उनले छुटेका बाँकी परिवारलाई पनि विस्तारै सम्बोधन गरिने बताइन् । प्रदेश सरकार राजी बस्तीलाई नमुना बस्ती बनाउने लक्ष्यसहित अघि बढेको उनले जानकारीसमेत दिइन् । ‘राजी बस्तीलाई कम्तीमा एक नमुना बस्ती बनाउने लक्ष्यसहित सुरुवातमा सुरक्षित आवास निर्माण गरेका छौं,’ उनले भनिन्, ‘यहाँ क्रमशः शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको पनि राम्रो बन्दोबस्त गरिनेछ । यसका लागि प्रदेश सरकारले दिर्घकालिन लक्ष्य लिएको छ ।’ मन्त्री चौधरीले भूमिहीनसमेत रहेका राजी समुदायलाई जग्गाको लालपुर्जा दिनुका साथै आयआर्जनमुलक कार्यक्रम पनि ल्याइने जानकारी दिइन् ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले राजी समुदायलाई जग्गा उपलब्ध गराउनका लागि नापीको काम पनि लगत्तै सुरु गरिने बताए । उनले अहिले घरबासका लागि एक कट्टा जमिनको पुर्जा दिइने जानकारी दिए । जग्गा प्राप्तिका लागि आफूले उपभोग गरिरहेको जमिन पहिचान गरेर दिन राजी समुदायलाई अनुरोधसमेत गरे ।

कार्यक्रममा ह्याविट्याक फर ह्युम्यानिटी नेपालका वरिष्ठ कार्यक्रम सञ्चालन व्यस्थापक रामप्रकाश सिंह दनुवारले सुरक्षित घर पाइसकेपछि अब त्यसको संरक्षण आफै गर्नुपर्ने बताए । राजी परिवारले अझै पनि परनिर्भर नभई स्वयम आत्मनिर्भर हुन र प्राप्त घरको संरक्षण गर्नुपर्ने उनले बताए । राजी समुदायमा बनेका घरहरु भूकम्प प्रतिरोधी बनेको उनले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदनसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा आरडीएन नेपालका कार्यबाहक अध्यक्ष मोहन वड, भजन नगरपालिकाका निर्बमान कार्यपालिका सदस्य भुन्टे राजी, वडा नम्बर ९ का वडा सदस्य भीमबहादुर राजी, स्थानीय सुनिता राजीलगायतले धारणा राखेका थिए ।

बस्नका लागि सुरक्षित घर पाएपछि २५ राजी परिवार लाभान्वित भएका छन् । उनीहरुले अब आगामी दिनमा खरले बनेको झुपडीमा असुरक्षित भएर बस्न नपर्ने भन्दै खुशी व्यक्त गरेका छन् । राजी बस्तीमा एक करोड १६ हजार रुपैयाँको लागतमा शौचालयसहित दुई कोठे पक्की भवन बनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले राजी बस्तीमा सरक्षित आवास निर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा बजेट निनियोजन गरेको थियो । कोरोना महामारीलगायतका कारण बस्ती निर्माणमा भने केही समय ढिलाई भएको थियो ।

  • सुरक्षित आवास
आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.